Nigrani Today

सलार्हीमा चार जना प्रहरी निलम्बित,माथिल्लो हाकिमको पनि सलंग्नता

लक डाउनमा भारतबाट आयात हुने समान पहिलेको तुलनामा धेरै महंगो मूल्यमा बिक्री हुने भएकाले प्रहरी र तस्करको राम्रो कमाई हुदै आएको थियो। बारा उधोरण नाका भएर नेपाल प्रहरीकै मिलेमतोमा रात्री रात्री मालसमान ओसारपोसार हुने गरेको एक प्रत्यक्षदर्शि स्थानियवासीले बताए।

0 5,293

राधेश्याम कुशवाहा,२२ ज्येष्ठ सलार्ही

कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउन र सिमा नाका सिलको मौका छोपी सिमाना क्षेत्रमा तस्करलाई मालसमान ओसारपसारमा सघाएको आरोपमा प्रदेश प्रहरीले एक असईसहित चारजना प्रहरीलाई निलम्बित गरेको छ।

लकडाउनको समयमा आर्थिक प्रलोभनमा परेर तस्करलाई सिमा नाकामा सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहेको प्रमाण फेला परेपछि चार जना प्रहरीलाई बुधबार निलम्बित गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो।

सलार्ही जिल्लाको दक्षिण पश्चिमि भु भागमा पर्ने बिष्ण्ु गाउँपालिका वार्ड न.१ भारतिय सिमानाकासंग जोडिएकोे बाराउधोरण प्रहरी चौकीमा कार्यरत प्रमुख प्रहरी सहायक निरीक्षक असई राजाराम ठाकुर, प्रहरी हवल्दार द्वय विजय साह, चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारी लाई निलम्बन गरिएको हो।

भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र आर्थिक अपराध विपरित उनीहरुले ‘तस्कर’लाई सघाएको प्रमाणित भएपछि निलम्बन गरिएको डिआईजी सिंहको भनाइ छ । उनीहरु चारै जनालाई निलम्बन गरी थप अनुुुुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुर झिकाइएको सिंहले बताए। निलम्बन गरिएकाहरुको विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको डिआईजी सिंहले जानकारी दिए ।

New manakamana

कोरोना भाइरसको संक्रमणले गर्दा देशमा संकट काल घोषण गरिएपनि सलार्ही जिल्लाको सिमा नाकामा तस्कर र प्रहरीको मिलेमतोमा दैनिक भारी संख्यामा मालसमानको ओसारपसार हुने गरेको छ। कोरोना भाईरसका महामारीलाई लिएर सरकारले गरेको लक डाउनका कारण स्थानिय स्तरमा दैनिक अति आवश्यक सामग्रीहरु चरम अभाव सृजना हुन थालेपछि तस्करहरुको लागि मालसमान ओसारपसार राम्रो कमाईएको माध्यम बनेको छ।

आफनो नाम पब्लिक नगर्ने शर्तमा, सिमा प्रहरी चौकीमा आउनका लागि माथिल्लो हाकिमलाई मोटो रकम खुवाउने चलखेल हुने गरेको सलार्हीमा कार्यरत एक असईले बताए। सिमाना नाकामा कार्यरत एउटा प्रहरीले तलब बाहेक मासिक कम्तिमा ३० हजार भन्दा बढी कमाउने गरेको बताए।

लक डाउनमा भारतबाट आयात हुने समान पहिलेको तुलनामा धेरै महंगो मूल्यमा बिक्री हुने भएकाले प्रहरी र तस्करको राम्रो कमाई हुदै आएको थियो। बारा उधोरण नाका भएर नेपाल प्रहरीकै मिलेमतोमा रात्री रात्री मालसमान ओसारपोसार हुने गरेको एक प्रत्यक्षदर्शि स्थानियवासीले बताए।

भारतको विहार राज्यमा रक्सीमा प्रतिबन्ध भएका कारण भारतमा नेपाली रक्सीको माग उच्च रहेको छ। सिमा नाका सिल नहुदाँ दिनँहु भारी संख्यामा भारतीय नागरिक रक्सी पिउन सिमाना नाका नजिक नेपाली पसलमा आउने गर्थे तर नाका सिल भएपछि नेपाली रक्सी भारतमा तेब्बर मूल्यमा बिक्रि हुने भएकोले तस्कहरुका लागि नेपाली रक्सी पहिलो प्राथमितामा पर्ने गरेको छ।

रातमा दैनिक भारी संख्यमा नेपाली रक्सी भारतमा तस्करी हुने गरेको मधुवनगोठ स्थानियवासी सोनु् साहले बताए। आफनो नाम पब्लिक नगर्ने शर्तमा, सिमा प्रहरी चौकीमा आउनका लागि माथिल्लो हाकिमलाई मोटो रकम खुवाउने चलखेल हुने गरेको सलार्हीमा कार्यरत एक असईले बताए। सिमाना नाकामा एउटा प्रहरीले तलब बाहेक मासिक कम्तिमा ३० हजार भन्दा बढी कमाउने गरेको बताए।

मोटो पैसा कमाई हुने भएकाले जिल्लामा कार्यरत हरेक प्रहरी कम्तिमा एक पटक भएपनि सिमा क्षेत्रका चौकीमा जान चाहेको बताए। त्यस प्रहरीको कुरालाई आधार मान्ने हो भने सिमा नाकामा हुने तस्करीमा माथिल्लो हाकिमको सलंग्नता, नहोला भने नाई भन सक्दैन। तर सिमा नाकामा हुने तस्करी बारे आफू अनविज्ञ रहेको जिल्ला प्रहरी कार्यलय सलार्हीका प्रमुख विश्वमणि पोखरेल बताउदै आएको छ ।

gift corner
टिप्पणीहरु
Loading...