Nigrani Today

सर्लाहीमाको धनकौलमा गोली चल्यो, दुई प्रहरी सहित २० जना घाईते

0 3,159

सर्लाही,१५ असार । सर्लाहीमाको धनकौल गाउँपालिकामा दुई पक्ष बिबाद हुदाँ गोली चलेको छ । गोली चल्दा दुई प्रहरी समेत गरी २० जना घाइते भएका छन ।

गोली चल्दा १५ जनाको छरा लागेर घाईते भएका छन भने ३ जनाको चोटपटक लागेर घाईते भएका छन । भने झडलाई नियन्त्रण गर्न खोज्दा २ जना प्रहरी पनि घाईते भएको सर्लाही प्रहरले जनाएको छ ।

धनकौल गाउँपालिका वडा नं. २ हरकठवामा आइतवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँगे्रसका कार्यकर्ताबीच झडपमा भएपछि झडपमै गोली चल्दा दुई प्रहरी सहित २० जना घाईते भएका हुन ।

घाईते हुनेहरु धनकौल गाउँपालिका वडा नं. २ हरकठबा बस्ने ६५ वर्षिय रामचन्द्र हजारी, ६० वर्षिय नागेश्वर सहनी, २४ वर्षिय मेहबुब अंसारी, २५ वर्षिय राकेश कुमार सिंह, २० वर्षिय राम बिनय हजारी, ४० वर्षिय बिलास राय, १८ वर्षिय बिजय साह, , २० वर्षिय सुरज कुमार सिंह, २२ वर्षिय सुनिल महतो, ४५ वर्षिय बिजय सिंह, २५ वर्षिय मोहमद शेख इन्ताज, १९ वर्षिय सुनिल साह, २१ वर्षिय नितेश कुमार सिंह ,१७ वर्षिय रंजित यादव, ३३ वर्षिय अरुण यादव रहेका छन । यि १५ जनै घाईतेहरुको शरीरको विभिन्न भागमा गोलीको छरा लागेको प्रहरीले जनाएको छ ।

New manakamana

त्यस्तै अर्को पक्षको धनकौल गाउँपालिका वडा न.. २ बस्ने ५५ वर्षिय लक्ष्मण साह, ४७ वर्षिय रधिर रंजन बर्मा, ४६ वर्षिय बैधनाथ सहनी लगायत दुवै पक्ष गरी १८ जना घाईते भएको तथा २ प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेललले जानकारी दिए ।घाईतेहरु सबैको जिल्ला अस्पताल मलङ्गवामा अहिले उपचार भइरहेको छ ।झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार शेल आँसु ग्याँस समेत प्रहार गरेको सर्लाही प्रहरी प्रमुख पोखरेलले बताए ।

धनकौलमा आइतवार साँझ नेकपाले रामनगरमा भएको हत्याको घटनालाई लिएर ¥याली निकालेको थियो । त्यही ¥यालीकै क्रममा आइतवार साँझ झडप भएको हो । एक साताअघि रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवको हत्या भएको थियो ।

यादव नेकपाका स्थानीय नेता हुन् ।सो घटनापछि प्रहरीले रामनगर ४ का वडाध्यक्ष रामनरेश महतोलाई हिरासतमा लिएको छ । काँगे्रसले घटनाबारे सबै भन्दा पहिले प्रहरीलाई सूचना दिने वडाध्यक्षलाई बिना कारण राजनीतिक दबाबका आधारमा नियन्त्रणमा लिइएको दावी गर्दै आएको छ भने नेकपाले वडाध्यक्ष महतोसँग बाटो बनाउने विषयमा विवाद भएपछि रामजलको हत्या भएको भन्दै घटना शङ्कास्पद रहेकाले छानबिन गर्न माग गर्दै आएको छ ।

gift corner
टिप्पणीहरु
Loading...