१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
नगर प्रमुखमा निर्वाचित हुदाँ पनि रोकिएन आचार्यको समाजिक कार्य – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

नगर प्रमुखमा निर्वाचित हुदाँ पनि रोकिएन आचार्यको समाजिक कार्य

सर्लाही,२६ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिका नगर प्रमुख मनोज कुमार आचार्य कहिले समाजिक कार्य गरेर चर्चित बनिरहेको छ भने कहिले विकास निर्माणको काम गरेर । नगर प्रमुख आचार्यले समाजिक कार्य बाहेक विकास निर्माणको काम गरेर बिगत केहि बर्षमा सर्लाहीमा राम्रो चर्चा कमाउनुभएको हो । नगर प्रमुखमा आचार्य निर्वाचित हुदाँ पनि उहाको समाजिक कार्यहरु भने रोकिएको छैन।

यसैक्रममा नगर प्रमुख आचार्यले ईश्वरपुर नगरपालिका वडा नं. ९ निवासी भोला चौधरीको छोरा ४० बर्षिय मनोज कुमार चौधरीको स्कट एण्ड स्कट कम्पनी (वियर फ्याट्री) मा काम गर्ने क्रममा बुधवार करेन्ट लागेर मृत्यु भएको थियो । उक्त घटनालाई नजिकबाट नियाल्नु भएका ईश्वरपुरका नगरप्रमुख तथा समाजसेवी आचार्यले आफनो व्यक्तिगत खर्चबाट बिहिवार मृतकको घरमै गइ रु. ५१ नगर सदगद तथा किरिया खर्च गर्न दिने घोषणा गर्नुभएको स्थानिय नाथुराम चौधरीले जानकारी दिनुभयो ।

नगर प्रमुख आचार्यले मृत्क चौधरीको छोरालाई रोजगारी समेत दिने घोषणा गर्नुभएको छ । पिडित परिवारको एकमात्र कमाएर खाने सहारा गुमेका कारण मृतकको छोरालाई आफुले रोजगारीको व्यवस्था गर्ने तथा मृत्क चौधरीको छोरीलाई निःशुल्क पठनपाठन गराउने   नगर प्रमुख आचार्यले प्रतिबध्ता गर्नुभयाे ।

सर्लाहीको २० पालिका मध्ये ईश्वरपुुर नगरपालिकामा पद सम्भालेकै दिन देखि नगरको विकासमा नगर प्रमुख आचार्य मेहनत साथ विकास निर्माण कार्यमा अघि सर्नु भएको छ । बिगतको समयमा कोभिड देखि लिएर अनेकौ बिपत्तीमा पनि नगर प्रमखु आचार्य कुनै पदमा नहुदाँ पनि कैयौँ समाजिक कार्य गरेको अनेकौं उदाहरणहरु छ । नगर प्रमुख आचार्य नगर प्रमुख पदमा निर्वाचित भएपछि समाजिक कार्य तथा विकास निर्माण कार्यमा तिव्रता दिएको ईश्वरपुरका स्थानिय युवा मकसुद अंसारीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.