Nigrani Today

बारामा केही स्थानिय निकायको गाउँ तथा नगरसभा समयमा नहुदाँ विकास निर्माण अन्योलमा

0 96

दिपेन्द्र जयसवाल,३१असार  बारा

बारा जिल्लाको १६ ओटा स्थानिय तहहरू मध्ये १३ ओटा गाउँपालिका र नगरपालिकाले समयमै गाउँसभा र नगरसभा सम्पन्न गरे पनि जिल्लाको हाल जीतपुर सिमरा उपमहानगरपालिका कोल्हबी नगरपालिका र बारागढी गाउँपालिकाले समयमा गाउँसभा र नगरसभा नगरेकोले भौतिक पूर्वधार, शिक्षा, स्वास्थ्य, र स्थानिय तहहरूमा गर्ने बिकास निर्माणका कार्यहरू अन्यौलमा परेका छन । नेपालको संबिधान २०७२ का अनुसार संघिय सरकारले जेष्ठ १५ गते प्रदेश सरकारले असार 1 गते र स्थानिय तहहरूले असार १० गते भित्र आफ्नो गाउँपालिका र नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा वार्षिक बजेट प्रस्तुत गर्नु पर्ने हुन्छ ।

New manakamana

तर यी तिन ओटा गाउँपालिका र नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा वार्षिक बजेट प्रस्तुत गरेका छैन्न । जिल्लाको यी तिन ओटा स्थानिय तह मध्ये दुई ओटा नगरपालिका र एक ओटा गाउँपालिका गरि तिन ओटा स्थानिय तहहरूले आर्थिक वर्ष २०७७/७८ को नीति तथा वार्षिक बजेट स्थानिय तहहरूले असार १० गते भित्र आफ्नो गाउँपालिका र नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा वार्षिक बजेट समयमा प्रस्तुत गरेका छैन्न । जिल्लाको यी तिन ओटा स्थानिय तहहरू, एक गाउँपालिका र दुई ओटा नगरपालिकामा समयमा नगरसभा र गाउँसभा नहुदा स्थानियहरूको बिकास निर्माण,पूर्वधारका कार्यहरू प्रभाबित भएको स्थानियहरूले बताएका छन।

यी दुई नगरपालिका र एक गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि , गाउँ कार्यपालिका सदस्य, नगरकार्यपालिका सदस्य , नगर प्रमुख र नगर उप प्रमुख सँग निर्वाचित वडा अध्यक्षहरूले आफ्नो वडाको लागि बजेटको कुरा लिएर बाद बिबाद बढाउँदा समयमै यी तिन ओटा पालिकाहरूको विकास निर्माणको कार्यहरू अन्यौलमा परेका स्थानियहरूले बताएका छन I यी समयमा कुरो नमिल्दा नगर सभा र गाउँ सभा समयमा नहुदा स्थानिय बासीन्दाहरू निकै चिन्तित भएका छन ।

gift corner
टिप्पणीहरु
Loading...