Nigrani Today

दुई पालिकाका २ हजार ४ सय ८८ बालवालिकालाई सरसफाइ सामग्री वितरण

0 199

सर्लाही,१५ श्रावन । सर्लाहीका दुुई पालिकामा एक गैर सरकारी संस्थाले सरसफाई तथा स्वास्च्छता सामग्री वितरण गरेको छ ।

हरिपुर्वा नगरपालिकाका र पर्सा गाउँपालिकामा वल्र्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, सर्लाहीको सहकार्य र स्थानिय दुई पालिकाको समन्वयमा २ हजार ४ सय ८८ बालवालिकालाई सरसफाइ तथा स्वच्छता सम्बन्धि हाजिन किट वितरण गरिएको हो ।

कोरोनाका महामारीका कारण लामो समयको लाँकडाउनले विपन्न घरपरिवारका बालवालिका सबै भन्दा बढि प्रभावित भएकोेले ति बालवालिकालाई सरसफाइमा सहयोग पुग्ने उदेश्यले सरसफाई तथा स्वच्छता सामग्री वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।

कोभिड १९ महामारीको समयमा सरसफाइ निकै महत्वपुर्ण हुने र बालवालिकाका लागि झनै महत्वपुर्ण हुने हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सिया राम यादवले भन्नुभयो ।

New manakamana

नगर प्रमुख यादवले आरआरपिके र वल्र्डभिजले यस्तो महामारीमा खाधान्न सामग्री सहयोग, वास कर्ननर जडान र क्वारेन्टाइनमा रहेका व्यक्तीहरुको लागी खाधान्न र हाइजिन किट जस्ता लगायतको सामग्रीे सहयोग गरेर उदाहरणिय कार्य गरेको बताउनुभयो ।

पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकामा राष्ट्रिय रोजगार प्रवद्धर्न केन्द्रले सरसफाइ समाग्री वितरणको समयमा समाजिक दुरी कायम गरी सेनिटाइजनर, माक्स, ग्लोव र हाथ धुनको लागि साबुन पानीको व्यवस्थापन समेत गरेका थिए ।

आर आर पिकेले हरिपुर्वा नगरपालिका वार्ड नंं २, ३, ८ र ९ का १४ सय ८ र पर्सा गाँउ पालिकाको वार्ड नंं १, २, ३ र ५ मा १हजार ८० आरसी बालवालिका लाई सरसफाइ समाग्री वितरण गरेका थिए ।

हाजिन किटको झोलामा तौलिया १ थान, नुहाउने साबुन ६ थान, कपडा धुने साबुन ४ थान, साबुन दानी १ थान, ब्रस १ थान, टुथ पेस्ट १ थान, काइयो १ थान, नङ्गकटर १ थान र सरसफाइ सम्बन्धि जानकारी पुस्तिका १ थानका दरले वितरण गरिएको संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले बताउनु भएको छ ।

gift corner
टिप्पणीहरु
Loading...