Nigrani Today

सर्लाहीको लालबन्दी नगरपालिकाबाट लागुऔषध सहित एक जना पक्राउ

0 194

अभिषेक यादव, १५ साउन सर्लाही
सर्लाहीको जिल्लाको लालबन्दी नगरपालिकामा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला झापा टोखा घर भई हाल काठमाडौ जोरपाटी न.पा. १ बस्ने राजन सन्थाली (धिमाल) को छोरा बर्ष १९ को सुनिल सन्थाली (धिमाल) रहेको प्रहरीले जनाएको छ। धिमालको साथबाट लागुऔषध. नाईट्राभेट १० (१४ पत्ता) गरी जम्मा १९६ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ।

 

New manakamana

सर्लाहीको लालबन्दी न.पा. १ बागवनी स्थित ई.प्र.का. लालबन्दीबाट प्रहरी सहायक निरिक्षक ताजिम अलिको कमाण्डमा खटिएको मोवाईल गस्ती टोलीले गस्ती गर्दै जाँदा पैदल यात्रीमाथि शंका लागि चेकजाँच गर्दा उक्त परिमाण बराबरको लागुऔषध बरामद गरेको छ। धिताललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

gift corner
टिप्पणीहरु
Loading...