Nigrani Today

जरोकिलो प्रतिष्ठानको आव्हानमा तृतीय (तेस्रो ) विश्व संस्कृत दिवस सम्पन्न ।

0 299
राजिव साह, १९ श्रावण झापा
जरोकिलो प्रतिष्ठानको आव्हानमा सनातन धर्म सेवा समिति , स्थानिय शाखाको आयोजनामा मेचीनगर-९ धुलावारी स्थित खुट्टेडाॅगीमा नर्वदेश्वर शिवालय मन्दिरको सभा-कक्षमा तृतीय (तेस्रो ) विश्व संस्कृत दिवस सम्पन्न भएको छ।
सनातन धर्म सेवा समिति, स्थानीय शाखाका अध्यक्ष निधिराम पौडेलको अध्यक्षता एवम् प्रमुखवक्ता डा• तिलक चैतन्य गुरु ज्यु, वक्ताहरु क्रमश: राष्ट्रिय हिन्दु एकता मञ्च – नेपालका केन्द्रीय अध्यक्ष एवम् मौलिक जरोकिलो पार्टी १ नं प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओली , समाजसेवी आचार्य विष्णु प्रसाद पराजुलीज्यु, आचार्य श्री द्रोण आचार्य, आचार्य श्री विमल दाहाल रहनु भएको कार्यक्रममा स्वागत मन्तव्य नर्वदेश्वर शिवालय मन्दिर समितिका सचिव हेमेन्द्र निरौला र संकृतमा आचार्य द्रोण दाहालले गर्नुभएको थियो ।
New manakamana
त्यसै गरी कार्यक्रम सञ्चालन जरोकिलो प्रतिष्ठानका १ नं प्रदेश संयोजक रमेस वाॅस्तोला ज्युले गर्नु भएको थियो ।
कार्यक्रममा अधिकांश वक्ताहरुले संस्कृत भाषाको महत्व , संस्कृत अधिकांश भाषाहरुको जननी भाषा रहेको, बिश्वका शक्तिशाली राष्ट्रहरु समेतमा देवभाषा संस्कृतको महत्व बढदै गएको परिप्रेक्ष्यमा हामी सबैले संस्कृत भाषाको संरक्षण, खोज अनुसन्धान, संस्कृत ग्रन्थहरूमा उल्लेखित वैज्ञानिक पक्षहरूको प्रचार-प्रसार गर्नुपर्ने विषयहरु महत्वका साथ प्रस्तुत गर्नुभयो ।
जरोकिलो प्रतिष्ठानले गर्दा नै हामी सवैले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक आदि क्षेत्रमा नेपालसापेक्ष भएर सोच्नु पर्ने र आफ्नो जरोकिलोसंग अविच्छिन्न रहनु पर्दोरहेछ भनेर चेतनाको अभिवृद्धि गर्दै गर्वको अनुभूति दिलाउन सफल भएकोमा सहभागीहरू समेतले जरोकिलो प्रतिष्ठानलाई हार्दिक आभार ब्यक्त गर्नु भएको थियो।
आगामी वर्षहरुमा व्यापक प्रचारप्रसार गरी जिल्ला, नगर तथा गाउँ -गाउँमा समेत कार्यक्रम गरिने जरोकिलो प्रतिष्ठानका १ नं प्रदेश संयोजक रमेश वाॅस्तोलाले बताउनुभयो ।
gift corner
टिप्पणीहरु
Loading...