जितेन्द्र भगत, १९ साउन सर्लाही
सर्लाहीको बाग्मती नगरपालिकामा गाईवस्तु बाँध्ने गोठमा आगलागी हुदाँ १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला सर्लाहीको बाग्मति न.पा.६ नेवार चोक बस्ने बिधुर प्रसाद देवकोटाको गाईबस्तु बाँध्ने गोठमा आगलागी हुदाँ उक्त रकम बराबरको क्षति भएको छ।

देवकोटाको ५ बर्षिय छोरा सुनिल देवकोटाले आफनो २, ३ जना बच्चा साथिहरुसंग खेल्ने क्रममा सुकेको मकै पोल्न भनि आगो बाल्दा उक्त आगो मकैको ढोडमा सल्किन गई आगालागि भएको थियो।
आगलागी भएको खबर पाउन साथ स्थानिय प्रहरी चौकिबाट एक टोली घटनास्थलमा पुगी प्रहरी र स्थानियवासीको सहयोगमा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो। आगोमा परेर कुनै चौपाय र मानविय क्षति नभएको प्रहरीले जनाएको छ।
