Nigrani Today

बोहोरेडाँडामा २ दिवसिय फुटवल प्रतियोगीता सम्पन्न, फुलजोरले जित्यो प्रथम पुरस्कार

0 368

निस, १९ साउन । सर्लाहीको लालबन्दी नगरपालीका १५ बोहोरेडाँडामा २ दिवसिय फुटवल प्रतियोगीता सम्पन्न भएको छ । मैत्रीसान्ती तामाङ युवा क्लवको आयोजनामा जिल्लाका १८ ओटा फुटवल टिमको सहभागीतामा प्रतियोगीता आयोजना गरिएको क्लवका अध्यक्ष सुब्बा स्याङ्तानले जानकारि दिनुभयो ।

श्रावण १८ गते बिहान सांसद सञ्चमाया मोक्तानले रेफ्रिलाई फुटवल प्रदान गर्दै सुभारम्भ गरिएको प्रतियोगीतामा लालबन्दी नगरपालीका १५ का वडाध्यक्ष गोरख बल, १६ का वडाध्यक्ष गणेस थापा, जनता समाजवादि पार्टिका केन्द्रिय सदष्य बम बहादुर मोक्तान, अस्थाई प्रहरि पोष्ट परवानीपुरका असई बृज भुषण पाण्डे, प्राथमिक बिद्यालय अर्नेडाँडाका प्रधानाध्यापक सोम बहादुर गोले, युवा समाजसेवि तथा जसपा लालबन्दी नगर कमिटि सदष्य पेम्बा घलान लगाएत स्थानिय समाजसेवि तथा बुद्दिजिविहरुको उपस्थिती रहेको थियो ।

New manakamana

लालबन्दी तथा ईश्वरपुर नगरपालीकाका गरि १८ टिमको सहभागीतामा भएको प्रतिस्पर्धामा लालबन्दी १६ को तिनघरेका खेलाडीलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै ईश्वरपुर १२ फुलजोरका खेलाडिले प्रथम पुरस्कार जित्न सफल भएका थिए । कोरोनाको संक्रमण देखा नपरिसकेको लालबन्दी १५ भित्रीखोलाका स्थानिय युवाहरुको क्षमता बृद्धि बिकासका लागी प्रतियोगीता आयोजना गरिएको मैत्रीसान्ती तामाङ युवा क्लवका अध्यक्ष स्याङतानले जानकारि दिए ।

प्रतियोगीतामा प्रथम तथा द्वितिय हुने टिमलाई जनहि १० तथा ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगीताको उद्घाटन तथा समापन कार्यक्रम पत्रकार क्षितिज बिश्वकर्माले सञ्चालन गरेका थिए ।

gift corner
टिप्पणीहरु
Loading...