१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा लागुऔषध सहित विद्यालयबाट शिक्षक पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा लागुऔषध सहित विद्यालयबाट शिक्षक पक्राउ

सर्लाही,१९ चैत्र ।सर्लाहीमा एक निजी स्कुलका शिक्षक प्रतिबन्धित लागुऔषध र फाइटरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका– १५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

हुसेनलाई विद्यालय परिसर भित्रबाटै लागूऔषध तथा फाइटरसहित पक्राउ गरिएको हो। विद्यालयमा कार्यरत अर्का शिक्षकसँग झै–झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले हुसेनलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा लागुऔषध नाईट्राभेट–१२ पिस, गाँजा १ पुरिया तथा औलामा राखेर पन्च हान्न मिल्ने फलामको फाईटर १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.