Nigrani Today

सहारा विकास बैंकको साधरणसभा नभएको सेयर सदस्यको गुनासो ।।

0 103

२१ असोज सर्लाही । पाँच वर्षै समय अवधि सकिदा समेत सहारा विकास बैंकले साधरणसभा नगरेको सेयर सदस्यहरुले गुनासो गरेका छन्। जेष्ठ महिनामा नै साधरण सभा गरी नयाँ नेतृत्व चयान गर्नु पर्ने भएपनि अहिलेसम्म नेतृत्व चयान गर्न नसकेको संस्थाका सेयर सदस्य जगनाथ साहले बताउनुभयो।

संस्थाको नियम अनुसार जेठ महिनामा नै साधरण सभा गरी नयाँ कार्यसमिती चयन भइसक्नु पर्नेमा संस्थाका अध्यक्ष सुगन्धकुमार साहले आफु खुसी पदाअवधि थप गरेको उहाँले आरोप लगाउनुभयो। राष्ट्र बैंकले नयाँ कार्यसमिती गठन गर्न परिपत्र गरेपनि बैंकले अहिसलेसम्म साधरणसभा गरी नेतृत्तव चयन गर्न सकेको छैन्।

New manakamana

बैंकले प्रत्येक पाँच वर्षमा सेयर धनीहरुको बिचबाट नयाँ नेतृतव गठन गरी राष्ट्र बैकलाई जानकारी पठाउनु पर्ने प्रवधान छ । नेपाल राष्ट्र बैंकको २०७७ साल असार २५ गतेको चलानी नम्बर २७५ को पत्र अनुसार १५ दिन भित्रमा बैंकलाई सबै विवरण पठाउन पत्र मार्फत संचालक समितीलाई ध्यानाकर्षण गराएको छ।

बैंकका अध्यक्ष सुगन्धकुमार साहले हाल कोभिड-१९ को कारण समयमा साधारणसभा गर्न नसकेको बताउनुभएको छ।गरिमा विकास बैंकसँग संस्था समायोजन हुने लागेकोले तत्कालै साधरणसभाको खाँचो नरहेको उहाँले दावी गर्नुभयो।

सबै बिवरण समयमा नै राष्ट्र बैंकलाई पठाई सकेकाले कोभिड-१९ को संक्रमण कम भएपछि साधरणसभा गर्ने उहाँले जानकारी दिनुभयो। संस्थाको नियम अनुसार साहारा विकास बैकमा अहिले कोहीपनि संचालक समिती नरहेको सेरय सदस्यहरुको भनाइ छ। संस्थामा १६ हजर सेयर धनी र २५ करोड कुल पुँजी रहेको छ।

gift corner
टिप्पणीहरु
Loading...