Nigrani Today

बालिकालाई बलात्कारपछि हत्या गर्ने पक्राउ

0 18

रौतहट,२९ असाेज। बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । बृन्दावन नगरपालिका वाड नं। ४ पल्टुवाका ४५ बर्षिय चुन साह तेलीलाइ प्रहरीले आज पक्राउपछी सार्वजनिक गरेको हो ।

साहलाइ गत असोज १६ गते रौतहटको बृन्दावन नगरपालिकाको उखुबारीमा सन्जु कुमारी साहलाई बलात्कार गरि हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

New manakamana

रौतहटको गढीमाइ नगरपालिका वाड नं। १ समनपुरका १४ बर्षीया सन्जा कुमारी साहको शंकास्पद अबस्थामा शब फेला परेको थियो । वृन्दावन नगरपालिका वाड नंं ४ पलटुवाटोल मामाघरमा बसेकी सन्जा कुमारीको सोही गाउका होस नारायण यादवको उखुबारीमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी तथा प्रबक्ता भरत श्रेष्ठले जानकारी दिएका छन ।

जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

gift corner
टिप्पणीहरु
Loading...