Nigrani Today

हत्या गरी फरार रहेको अभियूक्त ३० बर्ष पछि पक्राउ

0 66

राधेश्याम कुशवाहा, २९ असोज सर्लाही

बारा प्रहरीले हत्या अभियोगमा फरार रहेका अभियूक्तलाई ३० वर्ष पछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको साविक अतृगंज गाविस वाडा नं. ७ हाल सिम्रौनगढ न.पा. ७ निवासी श्याम प्रसाद कुशवाहा रहेको प्रहरीले जनाएको छ।

अभियूक्त सिम्रौनगढ नगरपालिका वार्ड न. ६ कोहल्पुर निवासी जयमंगल प्रसादलाई वि.स. २०४४÷ भदौ १२ गते हत्या गरी विगत ३० बर्षदेखि फरार रहेको थियो। हत्या भएको लगत्तै फरार रहेको अभियूक्तलाई बज्रकिशोर प्रसाद कोईरी दिएको किटानी जाहिरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको थियो।

New manakamana

जिल्ला अदालत बाराले पनि हत्याको अभियोगमा अभियूक्तलाई दोषी ठहर गरी १० बर्षको कैद फैसला गरेको थियो। हत्या भएको दिनदेखि फरार रहेको अभियूक्त विगत लामो समयदेखि भारतको विभिन्न ठाउँमा लुकिछिपी बसोबास गर्दै आएको थियो।

विशेष सुचनाको आधारमा २ न. प्रदेश प्रहरी कार्यलय जनकपुर र ईलाका प्रहरी कार्यलय सिम्रौनगढ बाराको संयूक्त प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा गएको असोज २८ नेपाल भारत सिमा क्षेत्रमा सिम्रौनगढ न.पा. २ स्थितबाट पक्राउ गरेको छ।

पक्राउ परेका अभियूक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान शूरु गरिएको २ नं. प्रदेश प्रहरी कार्यलय जनकपुरधाम का प्रहरी प्रवक्ता तथा सुचना अधिकारी कृष्ण प्रसाईले जानकारी दिए।

gift corner
टिप्पणीहरु
Loading...