Nigrani Today

नेपाल प्रहरीमा भर्ना खुल्यो, पाँच हजारले जागीर पाउने

0 29

काठमाडौं ,३० असाेज। नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान ९जनपद० पदका लागि ५ हजार २ सय २७ जनाका लागि भर्ना खुल्ला भएको छ । खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार नयाँ भर्ना दरखास्त आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत ९हाल नेपालगंज० र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

New manakamana


नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । साथै भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय भर्ना तथा छनौट महाशाखाको फोन नम्बरमा सम्पर्क राख्न सकिने महाशाखाले जनाएको छ ।

gift corner
टिप्पणीहरु
Loading...