Nigrani Today

दुर्व्यसनीले मोबाइल र पैसाको लोभमा गरे आफ्नै साथीको हत्या, तीन दिनसम्म पनि शब भेटिएन

0 16

सप्तरी, राजविराज । एक सात्ता देखि वेपत्ता रहेका सप्तरीका एक युवकको खोजीमा दिन दिनै प्रहरी खटिरहेको भएपनि अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुरा निवासी २५ बर्षिय श्रवण मुखिया साथी सँग निस्केको बेला वेपत्ता भएपछि प्रहरीले निरन्तर खोजी जारी राखेको छ। तर शुक्रबार साँझ समम सफलता मिलेको छैन ।

बैदेशिक रोजगारीमा गएका उनी शनिबार घर फर्केका थिए । घर पुगेको केही घण्टामै आमा ललितालाई गाउँकै साथी सुरेन्द्र यादवसंग ‘मोटरसाईकल किन्न राजविराज जाँदै छु’ भन्दै उनी हिडेका थिए । राती अबेर सम्म उनी नफर्केपछि परिवारजनले खोजी सुरु गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएपछि सुरेन्द्रले श्रवणलाई डाक्नेश्वरी नगरपालिका ६ मा पर्ने कोशी पश्चिमी नहर र पाँची नदीको दोभानमा हत्या फालेको भन्दै स्थान समेत देखाई दिएका छन्

सँगै गएका सुरेन्द्र सँग सोध्दा उनले बिच बाटोमै श्रवण आफनो साथ छोडी हटेल गाउँमा भोज खान जवाफ दिएका थिए । परिवारका सदस्यलाई शंका लागेर गाउँले भेला गरी सोधपुछ गर्दा सुरेन्द्रले श्रवणसंग बाहिरबाट कमाएर ल्याएको पैसा र मोबाइल हत्या गरेको जवाफ दिएपछि प्रहरीलाई उजुरी गरिएको आमा ललिता देवीले सुनाईन ।

मारेपछि दोभानमा फालेको बयान

New manakamana

प्रहरीले नियन्त्रणमा लिएपछि सुरेन्द्रले श्रवणलाई डाक्नेश्वरी नगरपालिका ६ मा पर्ने कोशी पश्चिमी नहर र पाँची नदीको दोभानमा हत्या फालेको भन्दै स्थान समेत देखाई दिएका छन् ।


लागू औषधको दुर्व्यसनी र दैनिक मदिरा सेवन गर्ने सुरेन्द्रको भनाईमा आशंका गर्दै भएपनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनास्थल भनिएको स्थानबाट श्रवणको चप्पल, चाँदीको सिक्री, रुमाल र रगत लतपतिएर सुकेको अवस्थामा एक थान ब्लेड लगायतका सामान भेटेको ईलाका प्रहरी कार्यालय पातोका हवलदार तेज नारायण साहले जानकार दिएका ।

प्रहरी उपरिक्षक राजेन्द्र धमलाले विगत ३ दिन देखि प्रहरीको गोताखोर सहितको टोलीले कोशी पश्चिमी नहर र पाँची नदीको दोभानमा खोज तलास गरिरेहको तर अहिले सम्म शव नभेटिएको बताएका छन् ।

शुक्रबार पनि सुनसरीको पकलीबाट प्रहरीको थप गोताखोरको टोली आएर खोज तलास गरिरहेको छ । तर अत्याधिक पानी भएकाले समस्या भएको प्रहरीको भनाई छ ।

नहर र नदीको दोभानमा एक दर्जनभन्दा बढी मृत चौपाया र ठुलो परिणाममा फोहोर थुप्रिएकाले जेसिभी डोजर लगायतका उपकरणको मद्दतले सफा गर्नेकाम पनि भइरहेको बताए ।

नहर र नदीमा पानीको मात्रा उच्च रहेकाले भारतीय उच्च अधिकारीसँग समन्वय गरी सप्तकोशी नदीबाट पानीको निकासी कम गरिएको र पानीको मात्रा घटदै गएकाले छिट्टै सफलता मिल्ने उनको भनाई छ । गोताखोर टोलीले रबर बोर्ट चढेर खोजी सुरु गरेको छ ।

gift corner
टिप्पणीहरु
Loading...