Nigrani Today

महेन्द्र रामको मृत्यु प्रकरण : क्षेत्र नं. ४ भरी प्रदर्शन

0 114

सर्लाही,३० असोज । सर्लाहीको रामनगर गाउँपालिका वडा नं. ७ बस्ने मृत्क महेन्द्र रामको विषयलाई लिएर नेपाली कांग्रेस क्षेत्र नं. ४ ले आज(शुक्रवार) क्षेत्र भरीका सम्पूर्ण गाउँमा टायर बालेर र मसाल जुलुस निकाली प्रदर्शन गरेको छ ।

मृत्क महेन्द्र रामलाई गएको असोज २१ गते बेलुकीको समयमा आफनो घर अगाडी बसिरहेको समयमा १२–१५ जनाको समुहमा घरेलु हातहतियार लिई केहि व्यक्तिहरु राम उपर संघातिक हमला गर्दा राम गम्भिर घाईते भई रामको इन्डो अस्पताल बिरगंजमा उपचारकै क्रममै असोज २२ गते मृत्यु भएको थियो ।

मृत्क रामको हत्यारालाई कार्वाही, पिडित परिवारलाई क्षतिपुर्ती र बिहिवार नेपाली कांग्रेसले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनको विरोद्धमा क्षेत्र नं. ४ को ५१ वटै वडामा विहान ११ बजे टायर बालेर प्रदर्शन गरिएको थियो भने बेलुकी ६ बजे मसाल जुलुस पनि निकालिएको क्षेत्र नं. ४ बाट निर्वाचित प्रदेश सभा सदस्य विरेन्द्र सिंहले जानकारी दिए।

New manakamana

प्रदर्शनमा दलित हत्या बन्द गरौ, प्रहरी प्रशासन मुर्दाबाद समेतको नारा लगाइएको थियो । क्षेत्र नं. ४ मा प्रदर्शन गर्दा पनि कुनै सुनुवाई नभए अब जिल्लाभरीको कार्यकर्ता उतारी विशाल प्रदर्शन गरिने प्रदेश सांसद सिंहले बताए । बिहिवार मात्र नेपाली कांग्रेस सर्लाहीले मृत्क महेन्द्र रामको हत्यारालाई कार्वाही गर्नुपर्ने, मृत्क रामलाई सहिद घोषणा गर्नुपर्ने र पिडित परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने माग राख्दै सदरमुकाम मलंगवामा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा गर्ने क्रममा प्रहरी र नेपाली कांग्रेस कार्यकर्ता बिच झडप हुदा १ जना पत्रकार, २४ जना नेपाली कांग्रेसका कार्यकर्ता र २२ जना प्रहरी गरी ४७ जना घाईते भएका थिए । प्रहरीले भने घटना संलग्न ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए । मृत्क महेन्द्र रामको शव भने अहिले पनि बिरगंज स्थित नारायणी अस्पतालमा रहेको छ ।

gift corner
टिप्पणीहरु
Loading...