Nigrani Today

आर.आर.पि.के द्वारा सर्लाहीका ५८ सामुदायिक विद्यालयलाई ३ लाख बराबरको सेनिटाईजेसन सामग्री हस्तानान्तरण

0 50


राधेश्याम कुशवाहा, ०१ कार्तिक सर्लाही

सर्लाहीको चारवटा स्थानिय निकायका ५८ वटा सामुदायिक विद्यालयलाई तिन लाख बराबरको सेनिटाईजेसन सामग्री हस्तानान्तरण गरिएको छ।

वल्र्ड भिजन इन्टरनेसनल नेपाल, एच आई, वल्र्ड एजुकेशन र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आर.आर.पी.के) सँगको साझेदारीमा संचालित सिकाई परियोना अन्तर्गत हरिपुर्वा नगरपालिका, पर्सा चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिकाका ५८ वटा सामुदायीक विद्यालयलाई सेनिटाइज गर्नको लागि रु तीन लाख बराबरको सेनिटाइजेशन सामग्रीहरु हस्तानान्तरण गरिएको छ।

विद्यालय सेनिटाईज गर्नका लागि अति आवश्यक सामग्रीहरु हयाण्ड सेनिटाइजर, हयाण्ड वास लिक्यूड, पेष्टीसाइड स्प्रे टंक, सोडियम हाइपोक्लोराइट सोलुशन, फेस सिल्ड, ग्लोव र मास्क सम्बन्धित पालिकाको शिक्षा शाखालाई हस्तान्तरण गरिएको संस्थाको संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिनु भयो ।

उक्त हस्तान्तरण कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अशोक साहले सबै सामुदायीक विद्यालयका प्र.अ.हरु संग बैठक बसी विद्यालयलाई नियमित सेनिटाइज गर्नको लागी आवश्यक छलफल गरी सेनिटाइजेशन सामग्रीहरु विद्यालयका प्र.अ.हरु को जिम्मा लगाउने बताउनु भयो ।

New manakamana

हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सियाराम यादवले अहिले कोरोना महामारीको कारण विद्यालय संचालन गर्न कठिनाई भईरहेको अवस्थामा आर.आर.पि.के.ले विद्यालय सेनिटाइजेशन सामग्रीहरु उपलब्ध गराईएकोमा धन्यवाद व्यक्त गर्दै शिक्षा क्षेत्रमा गरेको सहयोग स्राहनिय रहेको बताउनु भयो।

हरिपुर्वा नगरपालिकाकै शिक्षा अधिकृत जनक काफलेले सबै विद्यालयवाट सेनिटाइज गराउन माग भइरहेकै बेला आर.आर.पि.के.ले विद्यालय सेनिटाइजेशन सामग्रीहरु उपलब्ध गराएकोमा हामीलाई धेरै नै राहत मिलेको बताउनु भयो।

सेनिटाईजेसन सामग्री हस्तानान्तरण कार्यक्रममा चारै वटा निकायका प्रमुख प्रशासकिय अधिकृतहरु, शिक्षा शाखाका प्रमुखहरु, आयोजक संस्थाका प्रतिनिधि, समाजसेवी, नागरिक समाज, संचारकर्मीहरुको साथै आम नागरिकहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ।

gift corner
टिप्पणीहरु
Loading...