Nigrani Today

जंगली भालुको आक्रमण बाट ४६ वर्षिय आले गम्भिर घाइते

0 44

सर्लाही,८ कार्तिक । सर्लाहीमा जंगली भालुको आक्रमण बाट एक जना मानिस गम्भिर घाइते भएको छ । गए साझ लालबन्दी नगरपालिका वडा नं. १३ नारायण डाँडा बस्ने ४६ वर्षिय गणेश बहादुर आले मगरलाई घर नजिकै रहेको १सय मिटर दुरीको जंगलमा अचानक जंगली भालुले आक्रमण गर्दा आले गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

New manakamana

भालुले आलेलाई दाहिने खुट्टाको तिघ्रा मुनिको मासु र टाउको चिथारेको तथा छातीमा घाउ भएको हुदाँ उनको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

गम्भिर अवस्था रहेको आलेलाई टेक्सस अस्पतालमा प्राथमिक उपचार पश्चात राति नै थप उपचारको लागी बिरगंज स्थित एडभान्स अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिए ।

gift corner
टिप्पणीहरु
Loading...