Nigrani Today

कांग्रेस डाइनाेसाेर जस्तै भयाे सांसद:प्रभु साह

0 23

गौर,९ कार्तिक। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले देशमा अब कांग्रेसको आवश्यकता नरहेको बताएका छन् ।

आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-१०, दुधिअबाम आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले कांग्रेस समय अनुकुल बदलन नसकेको भन्दै कांग्रेस डाइनासोर जस्तै बनेको टिप्पणी गरे । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले कांग्रेससंग पुरानै विचार, पुरानै संगठन र पुरानै शैली भएकोले कांग्रेसबाट समाजले केही अपेक्षा राख्नु व्यर्थ रहेको बताए ।

बिपि कोइरालाको समयमा क्रान्तिकारी दलको रुपमा रहेपनि अहिले भने कांग्रेस बूढो भएको उनको भनाई छ । सांसद साहले अहिलेको कांग्रेस अत्याचार, बेथिति र लुटतन्त्र बढाउने भ्रष्टहरूको झुण्ड भएको आरोप लगाए ।

New manakamana

एउटा समय थियोे जुनबेला बिपि कोइरालाको नेतृत्वमा कांग्रेस पार्टी थियो । त्यस बेलाको कांग्रेस प्रजातन्त्रको पक्षमा बोल्ने क्रान्तिकारी पार्टी थियो तर कांग्रेस अब त्यस्तै छैन । त्यही बेलाको विचार, त्यही बेलाको संगठनमा चलिरहेको कांग्रेससंग समाजलाई दिशा दिनसक्ने हैसियत छैन । कांग्रेस डाइनोसोरजस्तै बनेको छ, समय अनुकुल बदलन सकेको छैन ।उनले भने, अब यो बूढो कांग्रेसको देशलाई आवश्यकता छैन ।

तपाई हेर्न सक्नुहुन्छ जहाँ जहाँ कांग्रेस छ त्यहाँ भ्रष्टाचार छ, जहाँ कांग्रेस छ त्यहाँ अत्याचार छ, जहाँ कांग्रेस छ त्यहाँ अपराध छ, जहाँ कांग्रेस छ त्यहा विकासको काममा अवरोध छ । के अझै पनि यस्तो पार्टीबाट समाजले केही पाउन सक्छ र रु कांग्रेस दलाल तथा सामन्तीहरुको रक्षामा मात्र सिमित भएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साह एवम् मनोज यादव, फतुवा विजयपुर नगरपालिकी उपमेयर कान्तिदेवी महतो, मेयर पदला प्रत्यासी सुरेन्द्र यादव एवम् बुधाई खाँलगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

gift corner
टिप्पणीहरु
Loading...