Nigrani Today

पूर्व सांसद साहले बृद्धसेवाश्रमा पनि गरे सहयोग

0 46

प्रेमनाथ पौडेल
सर्लाही,९ कार्तिक ।सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर २ मा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा पूर्व सांसद तथा समाजसेवी नरेन्द्र साहले सहयोग गर्नु भएको छ ।

आइतवार पूर्व सांसद साह बृद्धसेवाश्रममा आफै उपस्थित भई आश्रममा आवद्ध वृद्धवृद्धाहरुको लागि वडा दशैंको अवसरमा लोबेड प्रदान गर्नुभएको छ ।

साहले ६वटा सिंङ्गल र ६वटा डब्वल लोबेड गरी १२ वटा लोबेड प्रदान गर्नुभएको आश्रमकी संचालिका भवानी कोईरालाले जानकारी दिनुभयो ।

New manakamana

त्यस्तै पूर्व सांसद साहले आश्रमका वृद्धवृद्धाहरुको लागि दिउँसोको खाजा (फ्रुटी,स्याउ,केरा) समेत खुहाउनु भएको आश्रमकी संचालिका कोईरालाले जानकारी दिनुभयो ।

यस अघि पनि समाजसेवी साहले विभिन्न समयमा ठाउँठाउँमा सहयोग गर्दै आउनु भएको छ ।

gift corner
टिप्पणीहरु
Loading...