Nigrani Today

घरबाट सम्पर्कविहिन भएका ११ बर्षिय राहुल प्रहरीद्वारा उद्वार

0 31

धनी राम कोरी, १० मंसिर कपिलवस्तु

विगत २४ दिनदेखि घरबाट सम्पर्कविहिन रहेका कपिलवस्तु वार्ड न. ३ का ११ बर्षिय बालक राहुललाई प्रहरीले उद्वार गरी आफन्तको जिम्मा लगाएको छ।

कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नं. ७ मर्यादपुर स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा प्रहरीले फेला पारी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

New manakamana

गएको कार्तिक १७ गते ९ बजे विद्यालय जान भनी घरबाट निस्केका बालक बेलुकासम्म घर फर्की नआएपछि परिवारले खोजतलास गरीपाऊँ भनी हुलिया सहित प्रहरी मा निवेदन हालेका थिए । सोजतलास गर्दिन को लागि सबैलाई अपिल पनि गरेका थिए ।

राहुल सहनी ले गौतमबुद्धले २९ वर्ष बिताएको स्थान तिलौराकोट मा आउने विदेशी पर्यटकलाई तिरौराकोटको बारेमा बताउने काम गर्दा राहुल चर्चित अनुहार रहेको छ।

राहुललाई नेपाली , हिन्दी , अंग्रेजी , चिनियाँ भाषा लगायत अन्य देश का भाषा को बारेमा राम्रो ज्ञान रहेको आफन्तको कथन रहेको छ।

gift corner
टिप्पणीहरु
Loading...