Nigrani Today

जोखिम भत्ता नपाएपछि कलैयाका स्वास्थयकर्मीहरु आन्दोलनमा, अस्पतालको सेवा प्रभावित

0 183

पर्सा,२८ पुष ।कोरोना महामारीको बेला डयुटीमा खटे बापतको जोखिम भत्ता नपाएपछि बाराको जिल्ला अस्पताल कलैयाका स्वास्थयकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।महामारीको बेला फ्रन्ट लाईनमा रहेर आफनो ज्यानको जोखिम मोलेर काम गरेपनि सरकारले हालसम्म पनि जोखिम भत्ता नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन।

कलैया अस्पतालमा कार्यरत स्वास्थयकर्मीहरुले अस्पतालको ओपीडीसहित विभिन्न सेवाहरु ठप्प पारेर मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन ।स्वास्थयकर्मीहरुले डा.हरिओम केशरीको अध्यक्षतमा आन्दोलन संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका हुन।अस्पतालमा कार्यरत ६० जना स्वास्थयकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। स्वास्थयकर्मीहरु नै कामकाज ठप्प गरेर आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा प्रभावित भएको छ।

स्वास्थयकर्मीहरुको आन्दोलनका कारण बहिरङ्ग सेवा,एक्सरे,ल्याब लगायतका सेवाहरु ठप्प भएको छ।स्वास्थयकर्मीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएपछि अस्पतालमा उपचार गराउन आउने बिरामीहरु मर्कामा परेका छन्। उपचारको लागि जिल्ला अस्पताल कलैया पुगेका बिरामीहरु उपचार नै नगराई रितो हात फर्किन बाध्य भएका छन्।आफनो ज्यानको परवाह नगरि कोभिड महामारीको बेलामा काम गरे बापत सरकारले नै स्वास्थयकर्मीहरुलाई जोखिम भत्ता दिने भनी निर्णय गरेको भएपनि अहिले सम्म पनि आफूहरुले उक्त भत्ता नपाएपछि बाध्य भएर आन्दोलन गर्नु परेको कलैया अस्पतालका चिकित्सक डा.रबि रोशन गुप्ताले बताए।

New manakamana

कोभिड जोखिम भत्ताको लागि यसअघि पटक पटक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लगायत प्रदेशको स्वास्थय निर्देशनालयका अधकारीहरुलाई पनि जानकारी गराउदा समेत भत्ता नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको डा.गुप्ताले जानकारी दिए।‘कोभिड महामारीको बेलामा हामी स्वास्थयकर्मीहरु फ्रन्ट लाईनमा बसेर सेवा दियौ,सरकारले पनि जोखम भत्ता दिने भनेर भन्यो,उनले भने,तर अहिले लामो समयसम्म भत्ता पाउने भन्ने अतोपतो नहुदा बाध्य भएर आन्दोलन नै गर्नु प¥यो।’जोखिम मोलेर काम गरेको भत्ता पनि पाउनको लागि आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यको कुरा भएको डा.गुप्ताको भनाई छ ।

उनले देशमा आफनै तलब भत्ताको लागि पनि आन्दोलन गर्नु पर्ने अवस्था आउनु लज्जास्पद कुरा भएको टिप्पणी गरे।‘आफनै तलब भत्ता पाउन पनि आन्दोलन नै गर्नु परिरहेको छ,उनले भने,देशमा त अब जे कुरा पाउन पनि आन्दोलन नै गर्नु पर्ने बाध्यता भईसकेको छ ।’प्रदेश स्वास्थय निर्देशनालयका अधिकारीहरु पनि आएको बेलामा आफुहरुले जोखिम भत्ताको कुरा राखेको र उनीहरुले पनि भत्ता पाई हाल्ने भनि आशवासन दिएको भएपनि हालसम्म भत्ता पाउने बारे कहि कतैबाट कुनै पहल नभएको डा.गुप्ताको गुनासो छ।

कोभिड महामारीको बोमा खटिएका स्वास्थयकर्मीहरुको जोखिम भत्ता माथिबाट नै नआएकोले अहिलेसम्म उपल्बध गराउन नसकिएको कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल कुशवाहाले जानकारी दिए। उनले जोखिम भत्ता आउने बितिक्कै स्वास्थयकर्मीहरुलाई बितरण गरिने बताए।‘माथिबाट नै कोरोना महामारीको बेला खटेका स्वास्थयकर्मीहरुको जोखिम बापतको भत्ता आईसकेको छैन,उनले भने,भत्ता आएपछि हामीहरुले बितरण गरि हाल्छौ ।’स्वास्थयकर्मीहरुको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको उनको भनाइ छ। स्रोत देश सञ्चार ।

gift corner
टिप्पणीहरु
Loading...