सर्लाही,२९ पुष । सर्लाहीको हरिपुर –९ पिडारीमा आजबाट माघि महोत्सव सूरु भएको छ। थारु समुदाय महत्वपूर्ण चाड माघिको अवसरमा बुधबारबाट सूरु भएको महोत्सवमा थारु जतिको भेषभुषा झल्किने झाँकी प्रदर्शन सहित अन्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने पुर्व केन्द्रिय सदस्य उदयनारयण चौधरीले जानकारी दिनुभयो।
थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति सर्लाहीका सभापति बलिराम चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख आतिथिमा थारु कल्याणकारिणी सभाका केन्द्रिय संरक्षक अमृतप्रसाद खाँ हुनुहुन्थियो।

कार्यक्रमको विशिष्टअतिथिमा सर्लाही क्षेत्र नम्बर १ का निवर्तमान संसद प्रमोद साह त्यसैगरी अतिथिमा प्रदेशका पुर्व संसद बेची लुङगेली हरिपुर नगरपालिकाका नगरप्रमुख जमिरुदिन मंसुर लगायत हुनुहुन्थियो।
त्यसैगरी अर्को माघी महोत्सव २ र ३ गते विभिन्न साँस्कृति कार्यक्रम सहित हरिपुर नगरपालिका–७, पचगछियामा हुने आयोजकले जनाएको छ।बिहिवारबाट थारु समुदायहरुको नयाँ साल २६४५ सुरु हुदैछ ।
