Nigrani Today

केपी सरकार कुनै पनि बेला प्रदेश,स्थानिय सरकार खारेज गर्न सक्छ : गगन थापा

0 270

सर्लाही,२९ पुष । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापालले केपी वली नेतृत्वको सरकार कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्ने बताउनुभयो । बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा वलीले गरेको असमबैधानिक कदम ठिक भयो भन्दाभन्दै प्रदेश र पालिका भंग गर्न सक्ने भएकाले सजक हुनुपर्ने बताउनुभयो ।

वली नेतृत्वको सरकारले १० वर्ष लगाएर बनाएको संविधानलाई अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री वलीले चालेको गतल कमदलाई सच्याएर अदालतले ठिक ठाउँमा ल्याउने र जनताबाट स्थापित प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अदालतले निर्णय गर्ने उहाँको भनाइ छ ।

New manakamana

थापाले भन्नुभयो प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय र न्यायाधीशहरुलाई धम्काएर प्रभावमा पार्ने काम मात्र गरेका छन, न्यायलय र न्याधीश बाहेक अन्य पक्षका व्यक्तिहरुलाई पनि धम्कयाउने काम गरेका छन ,प्रधानमन्त्री संग उहाको पार्टीका जोकर कार्यकर्ता र विवेक नभएको व्यक्ति मात्र डराउने हो।झउहाँले राष्ट्रपति विधादेवी भण्डारीलाई संविधानको भावना अनुसा चल्न सुझाव दिनुभयो ।

विरोध सभामा ठूलो सङ्ख्यामा अन्य पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका नेपाली काँग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले जानकारी दिनुभयो ।

आचार्यकै अध्यक्षता, नेतृ सानु पाख्रिनको स्वागत, नेविसंघका विद्यार्थी नेता मनोज बख्रेलको संचालनमा आयोजित विरोध सभालाई नेपाली काँग्रेसको तर्फबाट लालबन्दी नगर प्रमुखका प्रत्यासी कुवेर आचार्य, पूर्व सांसद एवं केन्द्रिय सदस्य जंगिलाल राय, अर्का केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले समेत सम्वोधन गर्नुभयो ।

gift corner
टिप्पणीहरु
Loading...