Nigrani Today

सर्लाहीमा लागुऔषध गाँजा सहित श्रीमान श्रीमती पक्राउ

0 396

सर्लाही,२९ पुष । सर्लाहीमा प्रतिबन्धित लागु औषध गाँजा सहित श्रीमान श्रीमती पक्राउ परेका छन । पक्राउ पर्नेमा मोहत्तरीको गौशाला नगरपालिका वडा नं. ३ बस्ने ५० वर्षिय नवल किशोर साह र साहकै श्रीमति ४० वर्षिया उर्मीला देबी साह रहेकी छन ।

New manakamana

गए साझ ईश्वरपुर नगरपालिका वडा नं. १३ स्थित रेलवे फाँटको बाटोमा बिशेष सुराकीको आधारमा फुलजोरबाट मोहत्तरी तर्फ जाँदै गरेको ज.११प.७९७१ नं.को टिभिएस मोटरसाइकललाई प्रहरीले रोकी चेक जाँच गर्दा अन्दाजी १० किलो लागु औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिबन्धित लागु औषध, मोटरसाइकल र पक्राउ परेका श्रीमान श्रीमती ईलाका प्रहरी कार्यालय केशरगंजको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिए ।

gift corner
टिप्पणीहरु
Loading...