प्रचण्ड र माधव नेपाल विदेशिको इशारामा चल्न थालेपछि नेकपालाई जोगाउन ओलीले संसद विघटन ग¥यो : महेश बस्नेत
सर्लाही,२ माघ । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड र माधवकुमार नेपाल मिलेर नेकपालाई धुलो पार्न खोजेको बताउँनुभयो।
सर्लाहीको हरिवनमा राष्ट्रिय युवा संघले गरेको बृहत युवा भेलालाई शुक्रबार सम्बोधन गर्दै नेता बस्नेतले नेकपालाई धुलो पार्न प्रचण्ड र माधव नेपालले नेकपालाई धुलो पार्न विदेशिको इशारामा चल्न थालेपछि नेकपालाई जोगाउन प्रधानमन्त्रीले संसद विघटन गरेर नयाँ जनादेश लिन निर्वाचनकको बाटो रोजेको उहाँको भनाई छ।
माधवकुमार नेपाल र झलनाथ खनालको बैसाखी टेकेर प्रचण्डले पदका लागि प्रधानमन्त्री केपी शर्मा वली माथी प्रहार गर्न थालेपछि संसद विघटन विकल्प नभएको उहाको भनाई थियो । जनताले पत्याउन छोडेपछि प्रचण्ड र नेपाल चुनावबाट डराएर संसद पुनःस्थापनाको कुरा गरेको नेता बस्नेतले आरोप लागउनुभयो।


नेकपा भित्रकै केही खराब तत्वले मधेशका जनतालाई भ्रमित पर्न प्रधानमन्त्रीले गर्नुभएको राम्रो कामको विरोध गरेकाले जनता सामु लगेर बुझाउँनु युवा नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो। अधिकाँस समय प्रधानमन्त्री वलीको प्राशंसामा खर्च गर्नुभएका नेता बस्नेतले प्रधानमन्त्रीको महत्वपूण अभियानलाई सबैले सफल पार्न पार्नु बताउनुभयो।
उहाँले फरक प्रशङगमा कोरोनाको कारण १० महिना देखि बन्द सीमा नाका अबको १५ दिन भित्र खुलाउँन पहल गर्ने उहाँले आश्वासन दिनुभयो।
