Nigrani Today

जब जब तनाशाहको जन्म हुन्छ तब तब जन्तालाई दुःख हुन्छ : राजेन्द्र महतो

0 229

राधेश्याम कुशवाहा
सर्लाही,३ माघ । जनता समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री राजेन्द्र महतोले नेपालमा जब जब तनाशाहको जन्म भयो तब तब जन्तालाई दुःख मात्र भएको बताउनुभयो । सर्लाहीको मलंगवा नगरपालिकामा जन्ता समाजवादी पार्टीको जनप्रदर्शन तथा बिरोध सभालाई सम्बोधन गर्नु हुदैँ नेता महतोले प्रधानमन्त्री केपी ओलीको तानाशाही, निरंकुशताले नै प्रतिनिधि सभा विघटन भएको बताउनु भएको छ ।

केपी ओली संविधानमा नभएकै धारा प्रयोग गरी बिना अधार प्रतिनिधि सभाको चिरहरण गरेको नेता महतोले भन्नुभयो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निरंकुश र तनाशाही भएको आफैले प्रमाणित गरेको छ , यो देशमा रक्षक नै भक्षक भएको केपी ओलीलाई बयङग्य गर्दै महतोले भन्नुभयो । ओली पहिला पनि प्रतिगमण ग¥यो, अहिले पनि प्रतिगमण ग¥यो र पटक पटक प्रतिगमण गरेको हुदाँ ओली बेइमान भएको जसपा नेता महतोले आरोप लगाउनुभएको छ ।

ओलीले आफनो व्यक्तिगत स्वार्थ पूर्तीको लागि जन्ता द्धारा बनाएको संविधान बिपरीत संसद विघटन गरेर नश्लवादी सोचको व्यक्ति हो भन्ने प्रमाणित गरेको नेता महतोले आरोप लगाउनुभएको छ ।नेपालमा ७ औ पटक सम्म संविधान बन्यो ति सबै संविधानमा शासक बर्गहरु जन्ताको अधिको कटौती ग¥यो, ७ औ पटकको संविधानमा पनि बिना अधारको धारा प्रयोग गरी व्यक्तिगत स्वार्थ पूर्तीको लागि ओली सरकारले संसद विघटन गरे मधेशी, जनजाती, मुस्लिम, महिलाहरुले अलि अलि पाएको अधिकार पनि खोस्ने अवस्थामा पुगेको छ , जन्ताको अधिकार संरक्षण गर्नका निम्ति पनि जन्ता समाजवादी पार्टीले नेपाली कांग्रेस, नेकपा प्रचण्ड नेपाल समुह सँग मिलि संसद पुनरस्थापना गराएर नै छाडने नेता महतोले भन्नुभयो ।

केपी ओली बिगतका वर्षमा पनि मधेश आन्दोलनको समयमा मधेशी जन्ताको टाउको ताकी ताकी गोली चलाई हत्या गरेको हुदाँ पहिला पनि तनाशाह नै थियो र हाल पनि तानाशाह नै रहेको महतोले बताउनुभयो । मधेशी जन्ताको आन्दोलनमा पटक पटक सम्झौता गरी कार्यन्वय नगरी कुठराघातको त प्रमाणै छ , यो देशमा मधेशी, मुस्लिम, दलित, आदिवासी, महिलाहरुले अधिकार माग्दा ठगेर केपी बेइमानी गरेको छ । जसपाको पहिलो काम संसद पुनरस्थापना गर्नु हो, त्यसपछी हामी आफनो अधिकारको लागि लडने नै छौ जसपा नेता महतोले भन्नुभयो ।

राष्ट्रपती एउटा व्यक्तिको नभई सबैको सझा संस्था हो तर पनि राष्ट्रपती विध्या देवी भण्डारीले केपी सरकारकै निर्देशनमा जनभावना विपरीत काम गरेको छ , अवको लडाई लोकतन्त्र गणतन्त्र प्राप्तीको लागि हुनेछ, लोकतन्त्र र अधिकार प्राप्तीको लागि पनि सबै नेपाली एक जुट भएर जनप्रदर्शन गर्नुपर्ने नेता महतोले बताउनुभयो ।

अर्को प्रसंगमा बोल्दै जसपा नेता महतोले केपी ओली मधेशी जन्ताको ठुलो दुश्मन हो, ओली सरकार मधेशी जन्ताको भारत सँगको बेटी रोटी सम्बन्ध समेत तोडेको बताउनुभयो । दिनहुँ भारतीय सिमा नाकामा तस्करी गराउने व्यक्तिहरुलाई खुल्ला रुपमा ओली सरकारले तस्करी गराईरहेको छ, तर सोझा साझा मधेशी जन्ता सिमापारी जादाँ नेपाल आउने बेलामा कोरोना ल्याउछ भनेर सिमा नाका शिल गर्छ, तस्करी गर्ने व्यक्ति सँग कोरोना नेपाल भित्रदिनै नेता महतोले प्रश्न गर्दै भन्नुभयो ।

New manakamana

केपी सरकार किसानको सरकार भन्छ, किसानको सरकार हो भने किसानले किन्न समयमा मल्ल पाएन, उखुको भुक्तानी लिदाँ आन्दोलन गर्नुपर्ने र पैसा नपाइकन अकालैमा मृत्यु वरण गर्ने यि सबै विषयले केपी सरकार निरंकुशताको प्रमाण दिएको नेता महतोले आरोप लगाउनुभएको छ ।

३ सांसद र १ केन्द्रिय सदस्यले मञ्चको आसन ग्रहण गर्न बहिष्कार गरे
कार्यक्रममा मर्यादा क्रमको ख्याला नगरेको भन्दै विघटित प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सभा सदस्य निरा साह,संजयकुमार यादव र केन्द्रीय सदस्य अशोक सिंह कोइरीले आसन ग्रहण गर्न बाट बहिष्कार गरेका हुन ।

बिरोध सभा कार्यक्रममा प्रदेश सांसदलाई मञ्च आशन ग्रहण गराएको त्यसपछि गाउँपालिका प्रमुखलाई गराएको अनि आफुहरुलाई आशन ग्रहण गर्न भनेपछि मञ्चको बहिष्कार गरेको विघटित प्रतिनिधि सभा सदस्य प्रमोद साहले जानकारी दिनुभयो ।

लोकतान्त्रीक र सबैको साझा पार्टीमा यस्तो किसिम्मको गतिविधिले आफुहरुको चित दुखे पछि जन्ता समक्ष नै आशन ग्रहण गरी कार्यक्रम अवधि भरी बसेको विघटित प्रतिनिधि सभा सदस्य साहको भनाई छ ।

gift corner
टिप्पणीहरु
Loading...