१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सर्लाहीमै पहिलो पटक जनज्योतीले गर्यो विज्ञान प्रविधि तथा कला प्रदर्शनी – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमै पहिलो पटक जनज्योतीले गर्यो विज्ञान प्रविधि तथा कला प्रदर्शनी

सर्लाही,११ फागुन । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ९ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा विज्ञान प्रविधि तथा कला संस्कृति प्रदर्शनी गरिएको छ । जनज्योति माध्यमिक विद्यालयको आयोजनामा आज सर्लाहीमै पहिलो पटक भव्य रुपमा सो प्रदर्शनी गरिएको छ ।
प्रदर्शनीमा विद्यार्थीहरुले टरवाइनको मद्दतले विद्युत उत्पादन, विद्युतीय कार, सोलार सिस्टम, नया मोडेलका जेसीबीहरु, नेपालका विभिन्न कला संस्कृति झल्किने प्रदर्र्शनी, नदि, खोलाहरु, विभिन्न प्रदेश झल्किने चित्रहरु, किसानहरुलाई सिचाई गर्न तथा औषधि छर्न नयाँ प्रविधिहरु निर्माण गरी प्रदर्शनी लगायत विभिन्न विज्ञान प्रविधि सम्बन्धी कलाहरु प्रदर्शन गरेको जनज्योति माध्यमिक विद्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका प्रदेशसभा सदस्य बेची लुङ्गेली र लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले वायोलोजी, फिजिक्स, केमेस्ट्री ल्याबको उद्घाटन समेत गर्नुभएको थियो ।


प्रदर्शनीले विद्यार्थीको दक्षता, क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने जनज्योति माध्यमिक विद्यालयका शिक्षक शंकरप्रसाद भट्टराईले जानकारी दिनुभयो । विद्यार्थीरुले सिकेका सैद्धान्तिक ज्ञानहरुलाई अनुभव, तथा व्यवहारमा उतार्नको लागि यो कला प्रदर्शनीले विद्यार्थीहरुमा महत्वपूर्ण प्रभाव पार्ने शिक्षक भट्टराईले विश्वास व्यक्त गर्नुभयो ।


जनज्योतिका पुर्व विद्यार्थी अच्युत अधिकारीले सर्लाहीका सामुदायिक विद्यालयहरु मध्येकै यो विद्यालय उत्कृष्ट विद्यालय भएको दावी गर्नुभयो । उहाँले यो विद्यालयले यस्तो प्रदर्शनी गरेर उत्कृष्ट तथा उदाहरणीय कार्य गरेको र यस्ता प्रदर्शनी निरतर रुपमा हुनुपर्ने बताउनुभयो ।


जनज्योति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलराम पोखरेलले विद्यार्थीको सिप बाहिर निकाल्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख कमल बुढाथोकी, लालबन्दीका उपमेयर कल्पना पाख्रिन, पूर्व प्रधानाध्यापक रामनिवास साह, वर्तमान प्र.अ. विष्णु पौडेल, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विद्यार्थी, अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनी भोलि शनिवारसम्म चल्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.