१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
हरिवनमा २० हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेला खोप दिईने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवनमा २० हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेला खोप दिईने

प्रेमनाथ पौडेल
हरिवन,१२ फागुन । सर्लाहीको हरिवन नगरपालिकामा २० हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेला खोप दिईने भएको छ ।

नेपाल सरकारले लिएको राष्ट्रिय नीति अनुसार यही फाल्गुण १६ देखि २२ गते सम्म हरिवन नगरपालिकाले पनि दादुरा रुबेलाको खोप दिन लागेको हो ।

शुक्रवार नगरस्तरीय स्वास्थ्य समन्वय समिति र संचारकर्मी बिच अभिमुखीकरण कार्यक्रम मार्फत नगरपालिकाले खोप संचालन बारे जानकारी गराएको हो ।

नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा सहभागी हरुलाई जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका कार्यक्रम फोकल पर्सन रामदुलार यादबले कार्यक्रमको लक्ष्य र उदेश्यको बारेमा जानकारी गराउदै खोप अभियान मा ९ महिना देखि १५ बर्ष सम्मका सबै बालबालिका लाई खोप दिइने हुदा सबै अभिभावकले आफ्ना बालबालिका लाई अनिवार्य रुपमा खोप लगाउन आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रममा स्वास्थ्यशाखा संयोजक रामबाबु चौधरीले कार्यक्रमको बारेमा जानकारी दिनु हुँदै नगरपालिका भित्रका नियमित खोप कार्यक्रममा खोपलगाएका नलगाएका प्रत्येक वाडमा कम्तीमा सात वटा खोप केन्द्र मार्फत ११वटै वडामा २०हजार ३ सय ५३ बालबालिका लाई खोप प्रदान गर्न लागेको बताउनु भयो ।

कम्तिमा १ सय २५ बालबाकिका भएको खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई सहयोगि सहित तिन जनाले खोप कार्यक्रम लाई प्रभावकारी रुपमा संचालन गर्न लागेको र खोप कार्यक्रम निजि तथा सामुदायिक बिधालयका साथै ११ वटै वडाका स्वास्थ्य संस्था मार्फत दिइन लागेको सासापुर स्वास्थ्यचौकीका इन्चार्ज मोहन घिसिङ्गले बताउनु भयो ।

त्यस्तै खोप लगाएपछि केहीमा असर देखा पर्ने भए पनि त्यस बाट कोहि पनि न आतिन न डराउन र स्वास्थ्यकर्मि स्वास्थ्य संस्थामा सम्पर्क गरि उपचार गर्न सासापुर स्वास्थ्य चौकिका प्रमुख कृष्मा प्रधाङ्गले आग्रह गर्नु भयो ।
त्यस्तै दिर्घरोगि ,क्यान्सर ,एच आई भि संक्रमित ,क्षयरोग भएका तर कुनै औषधि उपचार नगरेका साथै गर्भबतिले खोप लगाउन नहुने जानकारी दिनु भयो ।

दादुरा रुबेला लागेका एक ब्यक्ति बाट १८जना सम्म सर्न सक्ने भएको हुदा रोगलाई निर्मुल पार्न सबैले अभियानमा थप डोज को बुष्टर खोप लगाउन पर्नेमा जोड दिनु भयो ।

दादुरा रुबेला प्रभाबित रोगि हरुमा रोग संग लडने प्रतिरोधात्मक क्षमता समेत कमि आउने ७०प्रतिशत मा झाडा बान्ता को समस्या ,आखा कम देख्ने र गर्भबतिमहिला भएमा ८५ प्रतिशत सम्म बाझोपन हुने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.