Nigrani Today

चक्रघट्टा घटनाप्रती नेकपाको गम्भीर ध्यानाकर्षण

0 161

सर्लाही,५ पुष । सर्लाही,गएको पुष २६ गते सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल(प्रचण्ड समुहका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ता बीच झडप पछी नेपाली कांग्रेसका कार्यकर्ताहरुले क्षति पु¥याएको भन्दै नेकपाले आईतवार पत्रकार सम्मेलन गरेर आपती जनाएको छ ।

बजार व्यवस्थापन गर्न गाउँपालिकाले आवश्यकता अनुसार जग्गा खालि गराउन सक्ने अधिकार छ, ति अधिकार प्रयोग गरी गाउँपालिका अध्यक्ष विक्रम यादवले जग्गा खाली गर्न भनेपछी नेपाली कांग्रेसका कार्यकर्ताहरु गाउँपालिका कार्यालयमा आई तोडफोड गरी गाउँपालिकामा राखेको मोटरसाईकल, ना १ झ १७०० नाम्बरको स्कार्पियो जीप, २ थान ल्यापट, ५ थान टयाब तोडफोड गरेको हुदाँ सम्बन्धित व्यक्तिहरुलाई नेकपाले कार्वाहीको माग गरेको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताहरुले गाउँपालिका अध्यक्ष विक्रम यादवको कार्यकक्षमा पालिकाको बैठक पुस्तिका तथा विद्युतीय उपकरण समेत तोडफोड गरी लुटेर लगेको र हाल सम्म ति व्यक्तिहरुलाई प्रहरीले कुनै प्रकारको कार्वाही नगरको भन्दै नेकपा सर्लाहीले आपती जनाएको छ ।

झुटो प्रपंच रचेर नेपाली कांग्रेसले घटनालाई राजनैतिक इवि साँध्ने खेल खेलिरहेको नेकपाको आरोप थियो ।घटनाको सत्य तथ्य जाँच गरी दोषिलाई कानुनी कठ्घेरामा ल्याउन नेकपाले स्थानिय प्रशासन सँग अपिल समेत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले पालिकामा रहेको बजार सेडको सार्वजनिक भवन गत पुस २६ गते खाली गराउन खोज्दा नेपाली काङ्ग्रेसका स्थानीय नेता रामजी साहको नेतृत्वमा करिब पाँच सयको हाराहारीमा आएका काङ्ग्रेस कार्यकर्ताहरुले पालिका अध्यक्ष यादवको विरुद्धमा नाराबाजी गर्दै पालिकाको कार्यालयमा तोडफोड तथा ढुङ्गामुढा गरेका थिए ।

New manakamana

ढुङ्गामुढामा उत्रेका काङ्ग्रेस कार्यकर्ताहरुले पालिका अध्यक्ष यादवमाथी समेत ढुङ्गा प्रहार गरेका थिए । दुई समुह बिच भएको झडपमा परी ७ जना घाईते भएका थिए ।


स्थानीय नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको सो समुहले पालिकाको कार्यालयमा प्रवेश गरि पालिका अध्यक्ष यादव माथी अभद्र व्यवहार गर्नुका साथै भौतिक सामग्रीहरु तोडफोड गरेको घटनाप्रती नेपाल कम्युनिस्ट पार्टीसर्लाही जिल्ला कमिटीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले भने, नेपाली काङ्ग्रेसले सामाजिक द्वेष र अराजकता निम्त्याउन जुन घृणित खेलहरु खेलेका छन् , ती लज्जास्पद भएको उनले ठोकुवा गरे । झुटो प्रपंच रचेर नेपाली काङ्ग्रेसले यस घटना मार्फत राजनैतिक रीस्वी साध्ने खेल खेलिरहेको बताउदै नेता पन्तले घटनाको सत्यतथ्य जाँच गरि दोषिलाई तत्काल कानुनी कठ्घरामा ल्याउन स्थानीय प्रशासनसंग जोडदार माग गरे ।

गाउँपालिकाकै वडा नं। ६ गोइयाहीका स्थानीय नेपाली काङ्ग्रेसका कार्यकर्ता राम जिनिस साहले सो बजार सेडको भवन व्यापारीक प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए । बजार सेडको भवन खाली गर्नका लागि पालिका अध्यक्ष यादवले मौखिक तथा लिखित रुपमा अनुरोध गर्दा समेत साहले खाली नगरी उल्टै साहका छोरा ठगा भनेर चिनिने रवि साहले पालिका अध्यक्ष यादवलाई धाकधम्की दिदै आएको अध्यक्ष यादवले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

उनले भने, स्थानीय सरकार संचालन ऐन अनुसार सो बजार सेडको भवन खाली गराएर सोही भवनमा पालिकाले ५ बेडको कोरोना अस्पताल बनाउन लागेको अध्यक्ष यादवले जनाए ।

बिरोध सभा
सम्बोधनकै क्रममा विशिष्ट अतिथि पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भने, प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटन र नेपाली काङ्ग्रेसले सुनियोजित रुपमा पालिका अध्यक्ष यादवमाथी गरेको आक्रमणको विरुद्धमा आजको यो बिरोध सभा गरिएको जनाए ।

gift corner
टिप्पणीहरु
Loading...