Nigrani Today

नेकपा नेता वाग्लेले गरे हजुरबुबा हजुरआमाको नाममा अक्षयकोषको स्थापना

0 259

सर्लाही,६ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य डाचाराज वाग्लेले आफ्ना दिवङ्गत हजुरबुबा हजुरआमाको नाममा तीन लाखको अक्षयकोष स्थापना गर्नु भएको छ ।

उहाँले हजुरबुबा दिवङ्गत खडानन्द वाग्ले र हजुरआमा सत्यदेवी वाग्लेको १३ औं दिनको पुन्यतिथिका दिन पाँच कुमार मावि हजारविघाको नाममा अक्षयकोष स्थापना गर्नुभयो हो ।

New manakamana

अक्षयकोषबाट प्राप्त रकम पाँच कुमार मावि हजारबिधामा अधयनरत विधार्थीलाई छात्रवृत्ति स्वरुप उपलब्ध गराउने केन्द्रीय सदस्यीय वाग्लेले जानकारी दिनुभयो ।

कोषको ब्याजबाट ११ र १२ मा सबैभन्दा बढी अङ्क ल्याउने विधार्थीलाई दिईने छ।अक्षयकोष स्थापना गरेर समाजमा उदाहरणीय काम गरेको पुर्व मन्त्री रामेश्वर यादवले बताउनुभयो ।

सत्यदेवि वाग्लेको १३ पून्यतिथिका दिन श्रद्धाञ्जली दिन नेकपाका नेता कमल बुढाथोकी ,केन्द्रीय सदस्यीय प्रलाह्द बुढाथोकी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।केन्द्रीय सदस्यीय वाग्ले सर्लाही हरिपुर १ हजारविघाका स्थायी बासिन्दा हुनुहुन्छ ।

gift corner
टिप्पणीहरु
Loading...