Nigrani Today

चन्द्रनगरमा ३९ लाखको लागतमा झुलुगें पुल निर्माण हुने

0 275

सर्लाही,६ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा झुलुगें पुल निर्माण हुने भएको छ । क्षेत्र नं. १(क) बाट निर्वाचित प्रदेश सभा दस्यय उपेन्द्र महतोको पहलमा वडा नं. २ गेरुका खोलामा झुलुगें पुल निर्माण हुने भएपछि अहिले स्थानियहरु खुसि भएका छन ।

चमरवागाछी घाटमा पुल नभएपछि गाउँपालिकाका विभिन्न व्यक्तिहरुलाई गाउँपालिकाकै विभिन्न ठाउँमा आवत जावत गर्न समस्या भइरहेको थियो र मंगलवार एक कार्यक्रमको आयोजना गरी प्रदेश सांसद महतोले झुलुगें पुल शिलान्यास गरेपछि स्थानियहरु यतिबेला खुसि भएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ।

New manakamana

पुल निर्माण कार्य सम्पन्न भएपछि किसान तथा चन्द्रनगरका स्थानियहरुलाई हिडडुल गर्न सजिलो हुने स्थानिय समाजसेवी युवा भाग्यनारायण गुप्ताले जानकारी दिएको छ ।

शिलान्यास कार्यक्रमा चन्द्रनगर गाउँपालिका प्रमुख महेन्द्र महतो, गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्ष लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

gift corner
टिप्पणीहरु
Loading...