Nigrani Today

चाँदीका गहना र सुनसहित दुईजना पक्राउ

0 145

सर्लाही,६ माघ । सर्लाहीको नवलपुर–मलंगवा सडकखण्डबाट भन्सार छलि गरेर ल्याईएको चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ति टोलीले नवलपुर –मलंगवा सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो।

New manakamana

भारतबाट मंलगवा हुदैँ नवलपुरतर्फ आएको बा ६९ प ५१६१ नंको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा भन्सार छलेर ल्याईएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७.७ लाल सुन झोलामा पोका पारेर लुकाईएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले बताउनुभयो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षिय शसीकृष्ण गजमेर र पछाडि सवार सरोज वि.क रहेका छन् । उनिहरुको साथबाट नगद रु ३७ हजार पाँच सय समेत बरामद भएको र भन्सार छलि गरेर ल्याईएको गहनाको अन्दाजी मूल्य ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

gift corner
टिप्पणीहरु
Loading...