Nigrani Today

सिसौको गोलीया सहित कबिलासिका कलवार लालबन्दीबाट पक्राउ

0 254

सर्लाही,६ माघ । ईलाका प्रहरि कार्यालय लालबन्दीको टोलीले २० क्युवेक फिट सिसौको गोलीया सहित एक जनालाई पक्राउ गरि डिभिजन बन कार्यालय लालबन्दीमा बुझाएको छ ।

New manakamana

सोमवार राती करिव ९ बजेको समयमा सर्लाहीको लालबन्दी नगरपालीका ६ मा अन्दाजी बत्तिस हजार मुल्य बराबरको काठ लोड गरीएको म्याजीक सहित कबिलासि नगरपालीका ८ बस्ने ३१ बर्षका महेश साह कलवार पक्राउ परेका हुन ।

ना२च ७८६८ नम्बरको म्याजिक सहित पक्राउ परेका साह कलवारलाई नियन्त्रणमा लिई डिभिजन बन कार्यालय लालबन्दीमा बुझाईएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रबक्ता एवं प्रहरि नायव उपरिक्षक मदन कुवंरले जानकारि दिनुभएको छ ।

gift corner
टिप्पणीहरु
Loading...