Nigrani Today

दोषी पत्ता नलागेसम्म भगीरथीका आफन्तले शब नबुझ्ने

0 151

बैतडी,२६ माघ । बैतडीको चडेपानिकी भारगरथी भट्टको बलात्कारपछि हत्याको ५ दिन बिते पनि अपराधी पत्ता लागेको छैन् ।
बैतडीमा गत बिहिबार मृत अवस्थामा भेटिएकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टले दोगडाकेदार गाउँपालिका ७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक ९डीआईजी० उत्तम सुवेदीमा अनुसार, ‘पोस्टमार्टममा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखाएको छ । तर सामुहिक बलत्कार हो या होइन् त्यो कुरा पुष्टी हुन बाँकि छ । त्यसका लागि पनि थप परीक्षण भइरहेको छ । ‘घटनास्थलमा प्राप्त भएका सबै तथ्य प्रमाणहरु परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठ्माण्डौँ पठाएका छौँ’ उनले भने, । प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने उनले बताए ।

New manakamana


घाँटी निमोठेको र अन्य केही भित्री चोटहरू रहेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । घटनाको थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ । घटनाको वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि सम्पूर्ण जनशक्ति परिचालन गरेको जनाएको छ । अनुसन्धान जारी रहेपनि भागरथीका आफन्तले भने घटनाको दोषी पत्ता नलागेसम्म शब नबुझ्ने बताएका छन् । भागरथीको शव जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ । घटनाको बिवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसमेत आइतबार बैतडी पुगेका छन् ।

तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

gift corner
टिप्पणीहरु
Loading...