Nigrani Today

लालबन्दी नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिकामा घोषित, नगर विकास कोषद्वारा पुरस्कृत

0 248

सर्लाही,३ फागुन । सर्लाहीको लालबन्दी नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिकामा पर्न सफल भएको छ । देशभरिका नगरपालिकाहरुको विभिन्न योजना तथा विकास निर्माणमा लगानी गर्दै आएको नगर विकास कोषद्वारा आफ्नो ३३औँ वार्षिकोत्सवको उपलक्ष्यमा लालबन्दी नगरपालिका पुरस्कृत बनेको हो ।

नगर विकास कोषको लगानीमा निर्माण भएका देशभरिका आयोजनाहरु मध्ये सफल कार्यान्वयन तथा व्यवस्थापन गर्ने उत्कृष्टमा लालबन्दी नगरपालिका घोषणा भएको लालबन्दी नगरपालिकाले जनाएको छ।

New manakamana

उत्कृट काम गरेको भन्दै शहरी विकास मन्त्री प्रभु साहले नगर प्रमुख मान बहादुर खड्का लगायत लेखा अधिकृत नेत्र बहादुर पाख्रिन, इन्जीनियर रोशन कुमार पण्डित समेतलाई आमन्त्रण गरि कदर पत्र र रु.१ लाख नगद पुरस्कार सहित सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

गरपालिकाले कोषको लगानीमा डुमडुमे मन्दिर नजिक ६ तल्ले ब्यवसायिक भवन निर्माण गरिरहेको छ भने अघिल्ला आर्थिक वर्षहरुमा समेत बिभिन्न निर्माण कार्यहरु लालबनदी नगरपालिकाले गरेको हुदाँ नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिकामा पर्न सफल भएको हो ।

gift corner
टिप्पणीहरु
Loading...