Nigrani Today

चन्द्रनगरका विद्यालय तथा स्वास्थ्य चौकीका लागि सरसफाई सामग्री वितरण

0 149

सर्लाही,३ फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेका विभिन्न विद्यालय तथा स्वास्थ्य चौकीका लागि सरसफाई सामग्री वितरण गरिएको छ ।

गाउँपालिका उप–प्रमुख विणा देवी साहको अध्यक्षता तथा प्रमुख प्रशासकीय अध्यक्ष अशोक साहको उपस्थितिमा समावेशी दिगो ग्रामीण खानेपानी सुविधा कार्यक्रम अन्तर्गत ग्रामीण नारी उत्थान संघ हरिपुरले गाउँपालिमा रहेको २२ वटा विधालय तथा ५ वटा स्वास्थ्य चोकीलाई डस्टविन२ थान, विद्यालय तथा स्वास्थ्य चौकीको सौचालय सफा राख्नको निम्ति हारपिक २ थान, ब्रश २ थान र साबुन २ थान वितरण गरेकोे ग्रामीण नारी उत्थान संघ हरिपुरका प्रतिनिधि सुर्य चालिसेले जानकारी दिए ।

New manakamana

समावेशी दिगो ग्रामीण खानेपानी सुविधा कार्यक्रम अन्तर्गत ग्रामीण नारी उत्थान संघ हरिपुरले विद्यालय सफा राख्न, छात्र तथा छात्राहरुलाई विभिन्न किसिम्मको स्वास्थ्य समस्या बाट जोगाउन सरसफाईका सामग्रीहरु सम्बन्धित विद्यालय तथा स्वास्थ्य चौकीका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको ग्रामीण नारी उत्थान संघका कार्यक्रम संयोजक मदन कुमार बर्माले जानकारी दिए ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका शिक्षा शाखा अधिकृत कमला कुमारी बस्नेत, विभिन्न वडाका वडा अध्यक्ष, समाजसेवी शिवनाथ राउत कहार, तथा विद्यालय र स्वास्थ्य चौकीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस अघि पनि ग्रामीण नारी उत्थान संघले रामनगर र कौडेना गाउँपालिकामा स्वास्थ्य सामग्रीहरु वितरण गरिसकेको छ ।

gift corner
टिप्पणीहरु
Loading...