Nigrani Today

पत्रकार पन्तले आमाको नाममा स्थापना गरे फाउण्डेशन

0 139

प्रेमनाथ पौडेल
सर्लाही,३ फागुन । सर्लाहीको हरिवन नगरपालिका निवासी पत्रकार सबिन कुमार पन्तले अफ्नी स्वर्गीय आमाको नाममा असहाय, एकल अपाङ्गहरुको क्षेत्रमा सिपमुलक आयआर्जन जिबिकोपार्जन लगायत विभिन्न कार्यको लागि फाउन्डेसनको स्थापना गरेको छ ।साबिक सासापुर १ हाल हरिवन नगरपालिका वडा नं. ४ तिनघरेमा २०३१ सालमा जन्मिएर हाल काठमाण्डौ कपन लाई पत्रकारिताको कर्म थलो बनाएका ४६ वर्षिय पत्रकार पन्तले आफ्नी स्वर्गीय ममतामयी माता रत्नकुमारी पन्तको नाममा फाउन्डेशनको स्थापना गरेका हुन ।

२००९सालमा रामेछापको टोकनपुरमा जन्मनु भै बिगत लामो समय देखि सामाजिक क्षेत्र सक्रियताका साथ लागि रहनु भएकी पत्रकार पन्तको आमा को २०६०साल असोज १०गते घटश्थापनाको दिन सडक दुर्घटनामा परी लालबन्दी स्थित उष्ण प्रदेशिय बागबानी केन्द्र नजिक बसको ठक्कर बाट ज्यान गएको थियो ।

New manakamana

मानव सेवा नै धर्म हो भन्ने उदेश्य र लक्ष्य बोकेर अघि बढेका पत्रकार पन्तले आफ्नो २५औ बैबाहिक बर्षगाढको अबसर पारेर आमा रत्न कुमारी पन्तको नाममा एक कार्यक्रमका बिच रत्न फाउन्डेशन नेपाल नामक सामजिक फाउन्डेसन स्थापना गरेको घोषणा गरेका हुन ।

घोषणा कार्यक्रममा पुर्ब स्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा,बागमती प्रदेशका सार्वजनिक लेखा समिती सभापती न्युच्छे नारायण श्रेष्ठ ,प्रदेशसभा सदस्य दिपक निरौला ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धब खरेल ,नेपाल चलचित्र संघका अध्यक्ष रबिन्द्र खडका ,कृष्ण मल्ल ,गोपाल ढकाल उद्धब भट्टराई,प्रमुख प्रसासकिय अधिकृत बैकुण्ठ सापकोटा ,जनस्वास्थ्य प्रमुख कुमार दाहल लगायतको उपस्थिती रहेको पन्त की जीवन संगिनी संगिता पन्तले बताउनु भयो ।

अब फाउन्डेशन स्थापना गरेको छु स्थापना संगै पछाडी परेका ,असहाय एकल अपाङ्गहरुको क्षेत्रमा सिपमुलक आयआर्जन जिबिकोपार्जन लगायतका काम हरु गर्दै जाने र कसै को साहारा नपाएका मानबिय जीवन रक्षाको क्षेत्रमा लागेर सेवा पुर्याउने फाउन्डेशनका संरक्षक समेत रहेका पत्रकार पन्त ले बताउनु भयो ।

gift corner
टिप्पणीहरु
Loading...