Nigrani Today

सामाजिक अभियन्ता राजकुमार महतो सहित ९ सय ७३ जना काँग्रेसमा प्रवेश

0 115

सर्लाही,३ फागुन । बिगत लामो समय देखि समाजिक कार्यमा सक्रियता देखाएको समाजिक अभियन्ता राजकुमार महतो नेपाली काँग्रेसमा प्रवेश गरेको छ । विगत १५ वर्षदेखि स्वंयसेवी भई सामाजिक सेवामा संलग्न भएर मुसहर समुदायको उत्थानमा सक्रिय रहँदै आएका महतो आफनै क्षेत्र विकासको लागि राजनितीमा प्रवेश गरेको छ ।

New manakamana

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको बबरगञ्जमा काँग्रेस गाउँ कार्य समिती र क्षेत्र १ ले आयोजना गरेको बृहत आम सभा तथा पार्टी प्रवेश समारोहमा राज कुमार महतोसँगै चन्द्रनगर गापाका ९सय ७३ जना अन्य पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा काँग्रेसका सर्लाही जिल्ला सभापति तथा पूर्वमन्त्री नागेन्द्र यादव, सर्लाही क्षेत्र १ का संघीय सांसदका प्रत्यासी तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूवैमन्त्री राम कृष्ण यादव, उपेन्द्र कुशवाहा, पूर्वमन्त्री डीना उपाध्याय, नेका धनुषा सभापति सरोज यादव राय,महाधिवेशन प्रतिनिधि सोनेलाल साह लगायतको सहभागिता रहेको थियो ।

gift corner
टिप्पणीहरु
Loading...