प्रेमनाथ पौडेल
सर्लाही,५ फागुन । सर्लाहीमा धुमधामका साथ मंगलवार श्री पञ्चमी पर्व मनाइएको छ ।सर्लाही जिल्लामा रहेका सामुदायिक विद्याल, निजि विद्यालय तथा युवाहरुले गाउँ गाउँमा सरस्वती माताको र्मर्ती राखी बिहानैदेखि मंगलवार पूजाआजा गरेका थिए। त्यस्तै विद्यालयहरुमा विभिन्न साँस्कृतिक कार्यक्रम गरी छात्रछात्रा सरस्वती पुजा गरेका थिए ।

आज पनि विभिन्न कार्यक्रम गरी विद्याकी देवी सरस्वती माता पुजा गरी मुर्ती बिर्सन गरीने चन्द्रनगर दर्गा खोभारीका शिक्षक संजय महतोले जानकारी दिए । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा(आराधना गरी मनाइँदै छ।विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला(साधनाका वस्तु कलम, कापी, कूची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गरेका छन् ।
सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ मंगलवारको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ। श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक कान छेड्न पनि शुभ मानिन्छ ।
