Nigrani Today

आफु पनि अपुरो संविधान परिमार्जनकै पक्षमा रहेको छु : प्रचण्ड

0 15

सर्लाही,६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड( नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दलहरुलाई संयुक्त आन्दोलनका लागि अपिल गर्दै आफू पनि अपुरो संविधान परिमार्जनकै पक्षमा रहेको उल्लेख गर्नुभयो।

सर्लाहीको हरिपुर नगरपालिका वडा नं. १ जानकीनगरमा नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभालाई संम्वोधन गर्नुहुदै प्रचण्डले मधेशी, आदिवासी जनजाति, महिला, दलित तथा अल्पसंख्यक समुदायको हक अधिकारको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुको अर्को विकल्प नभएको बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र संघियता माथी प्रहार गरेकाले यस्तो कदम अब धेरै दिन नटिक्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले भन्नुभयो,‘प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको मुल मर्ममाथि नै प्रहार हुने गरी प्रतिमगनकारी कदम चालेका छन् ।

ओलीको प्रतिक्रान्तिकारी, असंबैधानीक, अलोकत्रान्त्रिक कदमका बिरुद् फेरी एक पटक सबैले सामुहिक संर्घष गर्न पर्ने दिन आएको छ। प्रतिगमन विरुद्धको आन्दोलमा लागिरहेकै बेला कमरेड डाजाराज वाग्लेको मृत्यु भएकाले प्रतिगमकारीको परास्त भएपछि मात्र उहाँ प्रतिको सच्चा श्रद्धञ्जली हुन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताए।त्यस्तै पार्टीका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध संविधानमा भएका सकरात्मक र प्रगतिशील कुरालाई हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने, निरंकुशता फेरि लाद्न खोज्ने प्रवृत्ति केपी ओलीको सरकारमा देखा परेको बताए।

New manakamana

उनले केपी ओली प्रवृत्तिलाई परास्त गरी संविधान, लोकतन्त्र र गणतन्त्रको जित सुनिश्चित गर्न पहिलाभन्दा थप दृढता र संकल्प लिएर कयौं गुणा बढी आन्दोलन गर्नुपर्ने आवश्यक्ता भएको नेपालले बताए।

प्रतिगमन विरुद्धको आन्दोलन बाँकी नै रहेकाले यसमा सबैलाई एकजुट भएर लाग्न हुन नेता नेपालले आग्रह समेत गरे । नेपालले सर्लाहीमा मिटरब्याजी गिरोहले कयौं किसानको बिल्लीबाठ बनाएको पनि बताए।

’म पार्टीका साथीहरूलाई भन्न चाहन्छु, यदि हाम्रा साथी त्यस्ता शुदखोर किसानमारासँगको संगत छ भने आजैको दिनबाट त्यस्ताका संगत छाड्न आग्रह गर्छु, हैन भने पार्टीले त्यस्ता साथीहरूको पहिचान गरी कार्वाही गर्छ।

’माघ २१ गते दिउँसो बरहथवामा पार्टी जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी भई पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुस सम्पन्न गरी फर्कने क्रममा बागमतीमा मोटरसाइकल दुर्घटनामा वाग्लेको निधन भएको थियो।

वाग्ले संघीय संसद् विघटन प्रकरण पश्चात प्रचण्ड–नेपाल समूहमा सक्रिय थिए। उनी हरिपुर नगरपालिका–१ जानकीनगर निवासी हुन्।

gift corner
टिप्पणीहरु
Loading...