सर्लाही,६ फागुन । सर्लाहीको मलंगवा नगरपालिकामा जिल्ला स्तरीय कार्यक्रम परिचयात्मक बैठक सम्पन्न भएको छ । सम्मानजनक जीवनयापनको लागी गुणस्तरीय शिक्षा तथा जिविकोपार्जन परियोजना अन्तर्गत बिहिवार एड एट एक्सन नेपाल ललितपुरको साझेदारी,बाल विकास नेपाल,बरहथवाको आयोजना तथा बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न बैठकमा गुणस्तरीय शिक्षा, जिविकोपार्जन सम्बन्धि विभिन्न विषयमा छलफल गरिएको थियो ।
सम्मानजनक जीवनयापनको लागी गुणस्तरीय शिक्षा तथा जिविकोपार्जन परियोजना अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका, कौडेना गाउँपालिका र बिष्णु गाउँपालिकामा संचालित कार्यक्रमहरुको बारेमा समेत बैठकमा छलफल गरिएको बाल विकास नेपालका सचिव सुनिल यादवले जानकारी दिए ।


बैठक कार्यक्रममा बर्तमान शिक्षा र उपलब्धी, शिक्षा निति तथा पालिकाहरुले शिक्षा नियमावली आफै बनाई कार्यन्वयन गरेको अवस्था लगायत शिक्षा सम्बन्धि विभिन्न विषयमा सहभागी बक्ताहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विष्णु गाउँपालिका प्रमुख जवाहरलाल यादव ,बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल, विष्णु गाउँपालिकाका प्रशासकीय अधिकृत संजिव सापकोटा, खरेलु तथा साना उद्योग कार्यालय प्रमुख जितेन्द्र किशोर गुप्ता लगायत बरहथवा, कौडैना र विष्णु पालिकाका शिक्षा शाखाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।
