Nigrani Today

सर्लाहीमा पालिका स्तरमै पहिलो पटक समावेशी अपांगता सहायता कक्ष चन्द्रनगरमा स्थापना

0 134

सर्लाही,११ फागुन । सर्लाहीको पालिकाहरु मध्ये पहिलो समावेशी अपांगता सहायता कक्ष स्थापना गरिएको छ । सर्लाहीको २० वटा स्थानिय तहहरु मध्ये पहिलो पटक चन्द्रनगर गाउँपालिकामा अपांगता सहायता कक्ष स्थापना गरिएको हो ।

गाउँपालिका अध्यक्ष महेन्द्र महतोको अध्यक्षता तथा चन्द्रनगर गाउँपालिकाको आयोजना र ग्रामीण नारी उत्थान संघको प्राविधिक सहयोगमा अपांगता भएका व्यक्तिहरु सहज सरल रुपमा विभिन्न सेवा पाउने उदेश्यका साथ मंगलवार समावेशी अपांगता सहायता कक्ष स्थापना गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

New manakamana

सर्लाहीको पालिकाहरु मध्ये प्रथम पटक समावेशी अपांगता सहायता कक्ष चन्द्रनगरमा स्थापना गरेर गाउँपालिकाले उदाहरणीय कार्य गरेको एस एन भि नेपाल जिल्ला सल्लाहकार अम्विका यादबले बताए ।

कार्यक्रममा, चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक शाह, वडा न।ं ५का वडा अध्यक्ष,नन्दलाल राय, वडा नं ४ का वडा अध्यक्ष जगदिश साह,वडा नं ६ का वडा अध्यक्ष रामचन्द्र कापर , ग्रामिण नारी उत्थान संघ हरिपुरका अध्यक्ष गोमा देवी न्यौपाने, अपांगता समावेशी विकास केन्द्र चन्द्रनगर अध्यक्ष शिवनाथ राउत कहार लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । अपांगता सहायता कक्ष स्थापना कार्यक्रम भने संचालन चन्द्रनगर गाउँपालिकाका अधिकृत छैठो कृष्ण प्रसाद आचर्यले गरेका थिए ।

gift corner
टिप्पणीहरु
Loading...