Nigrani Today

सुगर मिलको काँटाबाट ट्याकटर निकाल्ने क्रममा स्टेरिङ्गमा च्यापीएर चालकको मृत्यु

0 183

सर्लाही,११ फागुन । सर्लाहीको बलरा नगरपालिकामा सुगर मिलको काँटाबाट ट्याकटर निकाल्ने क्रममा स्टेरिङ्गमा च्यापीएर ट्याकटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट गढिमाई नगरपालिका वडा नं. ८ विनगरा टोल बस्ने १८ वर्षिय युवक अवधेश पट्टेल रहेको प्रहरीले जनाएको छ ।

New manakamana

मंगलवार बिहान बलरा नगरपालिका वडा नं.५ फुलवरिया स्थित बैजुनाथ सुगर मिलको धर्म काँटामा ना २ त ६९३४ नम्बरको ट्याक्टर काँटाबाट निकाल्ने क्रममा ट्याक्टर चालक पटेल स्टेरिङ्गमा च्यापीन गई उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत मदन कुवँरले जानकारी दिए ।

मृतक पट्टेलको शव जिल्ला अस्पताल मलगंवामा परिक्षण गरी परिवारको जिम्मा लगाइएको सूचना अधिकृत कुवँरले जानकारी दिए । त्यस्तै ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको ।

gift corner
टिप्पणीहरु
Loading...