Nigrani Today

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

0 157

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् ।

‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि नैतिकता छ भने राजीनामा दिनुस्,’ चितवन पुगेका प्रचण्डले अदालतको फैसला आएपछि भने ।

New manakamana

उनले मुल पार्टीमा सांसदहरूलाई फर्कन आग्रह समेत गरेका छन् । ओलीसँग गएका सांसदलाई आफुहरूले नेतृत्व गरेको नेकपामा आउन र आफुहरू स्वागतका लागि तयार रहेको उनले बताए ।

सर्वोच्चले मंगलवार प्रतिनिधि सभा विघटनलाई बदर गरेको छ । उनले देशैभर विजय (याली र जुलुस गर्न अपिल गरेका छन् । प्रचण्डले राजनीतिक दलहरूसँग सहकार्य र समझदारी गरेर अब अगाडि बढ्ने बताए । अर्का अध्यक्ष माधवकुमार नेपाललाई फोन गरेर बधाई समेत दिएका छन् ।

gift corner
टिप्पणीहरु
Loading...