Nigrani Today

बाल संरक्षणका लागि स्थानीय अवस्था विश्लेषण सम्बन्धि दुई दिने तालिम सुरु

0 120

सर्लाही,११ फागुन ।सर्लाहीको लालबन्दी नगरपालिकामा बाल संरक्षणका लागि स्थानीय अवस्था विश्लेषण सम्बन्धि दुई दिने तालिम सुरु भएको छ ।

सामुदायिक संलग्नता तथा बाल स्पोनसरशिप परियोजना अन्तरगत वल्ड भिजन ईन्टरनेशनलको सहयोग तथा बागमती सेवा समाज हरिवनको आयोजनाम सुरु गरिएको तालिममा पहिलो दिन बालबालिकाको अवस्था समस्या तथा बाल संरक्षण के कसरी गर्ने विषयमा छलफल गरिएको छ।

पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका बाल अधिकार समितिका सदस्य जनप्रतिनिधि शिक्षक बाल क्लबका प्रतिनिधि लगायतका व्यक्तिहरुको तालिममा सहभागिता रहेको छ ।

New manakamana

तालिमको मुख्य उदेश्य बालबालिकाहरुको समस्या पहिचान गर्न क्षमता अभिवृधी गर्ने रहेको बागमती सेवा समाजले जनाएको छ।

तालिम सहजिकरण वल्र्ड भिजन ईन्टरनेशल नेपालको बाल स्पोनसरशिप संयोजक सीता चौधरी र बागमती सेवा समाजको परियोजना संयोजक कुमार भण्डारीले गरेका थिए । तालिम बुधवार समापन गरिने आयोजक संस्थाले जनाएको छ ।

gift corner
टिप्पणीहरु
Loading...