सर्लाही,११ फागुन । सर्लाहीको चार पालिकामा एकै साथ विद्यालय सुधार योजना निर्माण सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।हरिपुर्वा नगरपालिका, पर्सा, चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिका गरी चार स्थानीय तहका शिक्षकलाई विद्यालय स्व–मूल्याङ्कनमा आधारित विद्यालय सुधार योजना निर्माण सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्याशाला सम्पन्न गरिएको हो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल, ह्याण्डीक्याप ईन्टरनेशनल, वल्र्ड एजुकेशन र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आर.आर.पी.के) सँगको साझेदारीमा संचालित सिकाइ परियोजना अन्तर्गत चार वटै पालिकाकाको सामुदायिक विद्यालय शिक्षकहरुको लागि तालिम आयोजना गरिए क्षमता अभिवृद्धी गरीएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिए ।
तालिममा प्रत्येक स्थानीय तहबाट सामुदायिक विद्यालय अन्तर्गतका ३ देखि ४ जना शिक्षकहरु गरी १४ जना शिक्षकहरुको सहभागीता रहेको थियो । स्थानीय स्तरमा प्रशिक्षक जनशक्ति उत्पादन गरि विद्यालयहरुमा सहभागितामुलक पद्धतिबाट विद्यालय स्व–मूल्याङ्कनमा आधारित विद्यालय सुधार योजना निर्माण गर्ने तालिमको उद्देश्य रहेको संयोजक शाहले बताए । तालिमको सहजीकरण प्रशिक्षक सुमन ढकालले गरेका थिए ।
