१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा थारु तिला संक्रान्ति माघी महोत्सव सुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा थारु तिला संक्रान्ति माघी महोत्सव सुरु

सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पहिलो थारु तिला संक्रान्ति माघी महोत्सव मेला सुरु भएको छ । थारु तिला संक्रान्ति माघी महोत्सव आइतवार सम्पन्न हुने आयोजकले जनाएको छ ।थारु तिला संक्रान्ति माघी महोत्सवमा थारु जातीका कलाकारहरुले थारु साँस्कृतिक झलकिने प्रस्तुति गरेका थिए ।

थारु कल्याणकारी समिति गाउँ इकाई समिति चन्द्रनगर–३ गेरुकाटोलको आयोजना तथा घरेलु तथा साना उधोग कार्यलय मलंगवाको सह–आयोजना एवम थारु कल्याणकारी सभा सर्लाही जिल्ला कार्य समितिको संयोजनमा थारु तिला संक्रान्ति माघी महोत्सव सुरु भएको छ ।

महोत्सव तथा थारु सम्वत २६४६ को अवसरमा शनिबार थारु युवा युवतीहरु सँस्कृति झलकिने पहिरनमा झाकी ¥याली समेत निकालेको आयोजक संस्थाका प्रतिनिधि राजेश चौधरीले जानकारी दिए । कार्यक्रममा थारु संस्कृति झलकिने विभिन्न परिकारहरुको प्रदर्शनी र विभिन्न उधमीहरुले आफैले निर्माण तथा उत्पादन गरेको सामग्रीहरुको स्टल राखी प्रदर्शनी गरेको आयोजकले जनाएको छ ।

आइतवार बिहान १० बजे देखि थारु साँस्कृतिक प्रतियोगिता समेत हुने भएको छ । थारु साँस्कृतिक प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समुहलाई पुरस्कार समेत वितरण गरिने आयोजक थारु कल्याणकारी समितिले जनाएको छ ।

थारु तिला संक्रान्ति माघी महोत्सव कार्यक्रममा क्षेत्र नं १ का संघीय सांसद रामप्रकाश चौधरी, प्रदेश सांसद उपेन्द्र महतो, संविधान सभा सदस्य रामचन्द्र चौधरी, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गिता देवी महतो, घरेलु तथा साना उधोग कार्यलय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्ता, व्यवसायी ,उधोगी, उधमी,पत्रकार लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या÷सेर्ल्हेस पनि भनिन्छ ।

माघ सङ्क्रान्तिमध्ये जाडोको रमाइलो पर्व भएको चन्द्रनगर गाउँपालिका वडा नं. ३ बस्ने संजय चौधरीले बताए । यो दिन मकर राशिमा सूर्यको गमन हुने सङ्क्रान्ति हो यस दिनदेखि सूर्य उत्तरायणमा लाग्नुहुन्छ । उत्तरायण छ महिना देवताहरूको दिन हो दक्षिणायण छ महिना देवताहरूको रात हो । यो सङ्क्रान्तिदेखि देवताको उज्यालो दिन हुनाले यस दिनदेखि ६ महिना सम्म विवाह व्रतबन्ध आदि ठूला ठूला कार्यहरू गरिन्छन् ।

जस्तो कोटी होम, लक्ष होम, काम्य वृषोत्सर्ग ।यो सङ्क्रान्तिलाई अयन सङ्क्रान्ति पनि भनिन्छ । घ्यू चाकु खाने दिन हो पौषमा पकाएको पाक मकर सङ्क्रान्तिमा खाने चलन पनि छ त्यो हो उसिनेको पोलेको तरुल । यो दिन तेल लगायो भने १ वर्ष सम्म शरीर निरोगी हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.