
सर्लाही,१ माघ । बजाजले तराई भेगलाई विशेष गरी लक्षित गरी “चाँदी चकाचक तोलादेखि किलोतक” योजना ल्याएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले वर्षभरि नै बेला–बेलामा आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याउँने गर्दछ सोही अनुरुप “चाँदी चकाचक तोलादेखि किलोतक” योजना ल्याएको छ ।
चकाचक तोलादेखि किलोतक” नामक ग्राहक योजनामा ग्राहकहरुले पूरै एक किलोसम्म चाँदी जित्न सक्ने छ । तराई भेगलाई विशेष गरी लक्षित गरी ल्याइएको यस योजनामा सहभागी हुन ग्राहकले हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. तथा कम्पनीबाट छानिएका अधिकृत विक्रेताबाट नै बजाजका १२५ सिसि सम्मका बाइक खरिद गरेको हुनुपर्नेछ ।
यो योजना अन्तर्गत बाइक खरिद गर्ने बित्तिकै ग्राहकले एउटा स्त्र्mयाच कार्ड प्राप्त गर्नु हुनेछ, जसमा अंकित बराबरको चाँदी ग्राहकले तुरुन्तै प्राप्त गर्न सक्ने छ । यो योजना आज १ गतेदेखि फाल्गुण ३० गतेसम्म लागू हुने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले जनाएको छ ।