१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
हरिपुर माघी महोत्सवमा प्रथम पुरस्कार हरिभवनका रामकुमार चौधरी ग्रुपले हात पार्यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर माघी महोत्सवमा प्रथम पुरस्कार हरिभवनका रामकुमार चौधरी ग्रुपले हात पार्यो

सर्लाही ।सर्लाहीको हरिपुर नगरपालिका–७, पचगछियामा सोमबारबाट सुरु भएको पाँचौं तिला संक्रान्त तथा माघी महोत्सव बुधबार सकिएको छ ।

थारु कला संस्कृति आयोजना समिति हरिपुर-७ पचगछीयाको आयोजना, घरेलु तथा साना उधोग कार्यलय मलंगवा सर्लाहीको सह-आयोजनाम तथा सन सनराईज युवा क्लब, थारु कल्याणकारी समिति गाउँ एकाई कमिटीको सहयोग र हरिपुर नगरपालिकाको संरक्षकमा महोत्सव सम्पन्न भएको हो ।

महोत्सवमा स्थानीय थारु कलासंस्कृति झल्काउने स्टिल तथा थारु भेषभुषा सहित पहिचान झल्कने संस्कृति कार्यक्रमको आयोजना गरिएको थारु कलासंस्कृति समितिका अध्यक्ष अरविन्द्र चौधरीले जानकारी दिनुभयो ।

नृत्य प्रतियोगितामा सहभागी विजेतालाई क्रमश २० हजार ,१५ हजार ,१० हजार नगद पुरस्कार वितरण गरिएको छ। नृत्य प्रतियोगिताको पहिलो पुरस्कार लालबन्दी- ४ हरिभवनका रामकुमार चौधरी ग्रुपले हात परेका छन ।

त्यसैगरी दोस्रो पुरस्कार हरपुर ७ का सुदिप चौधरी ग्रुपले जितेको छ भने तेस्रो पुरस्कार इश्वरपुर नगरपालिका पोखरी टोलका सुशान्त चौधरी ग्रुपले हात परेको छ ।

प्रतियोगिताका विजेतालाई संविधानसभा सदस्य रामचन्द्र चौधरी , हरिपुर नगरपालिका नगर प्रमुख गोपाल पजियार र घरेलु तथा सानउद्योग कार्यालय मलंगवा प्रमुख जितेन्द्र किशोर गुप्ताले पुरस्कार वितरण गर्नुभएको आयोजक संस्थाका सदस्य अभिमन्नु चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा थारु संस्कृति झलकिने विभिन्न परिकारहरुको प्रदर्शनी र विभिन्न उधमीहरुले आफैले निर्माण तथा उत्पादन गरेको सामग्रीहरुको स्टल राखी प्रदर्शनी समेत गरिएको थियो ।
साथै उत्कृष्ट उधमी र व्यवसायीलाई सम्मान सहित पुरस्कृत पनि गरिएको घरेलु तथा साना उधोग कार्यलय मलंगवाले जनाएको छ ।

महोत्सवको समापन कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र चौधरी,हरिपुरका मेयर गोपाल पंजियार, समाजसेवी उदयनारायण चौधरी , रामप्रसाद चौधरी, अन्जना चौधरी लगायतकाको उपस्थिति रहेको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.